१० कात्तिक, काठमाडौं । २० वर्षभन्दा बढी समय फरार रहेर भूमिगत गिरोह संचालन गर्दै आएका भारतीय अन्डरवल्र्ड डन छोटा राजन पक्राउ परेका छन् । राजन आइतबार इन्डोनेसियाको बालीमा पक्राउ परेका हुन् ।
इन्टरपोलको सहयोगमा इन्डोनेसियाली प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राजेन्द्र सदाशिव निकाल्जी वास्तविक नाम भएका राजनको नेपालसँग पनि धेरै घटना कनेक्सन रहेको प्रहरी अधिकारी बताउँछन् । जमिम साहको हत्यामा पनि उनको कनेक्सन देखिएको थियो । संचार उद्यमी जमिम साहदेखि सांसद मिर्जादिल साद वेग र अर्का संचार उद्यमी युनुश अन्सारी घटनामा समेत राजनको कनेक्सन रहेका खबरहरु आउने गरेका छन् ।














