२६ भदौ, युएई । हिन्दु नारीहरुको महान पर्व हरितालीका तीज नजिकिँदै जाँदा तीजसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु देश तथा विदेशमा बाक्लै रुपमा आयोजना गरिएका छन् । तीजको रमझमले युएईलाई पनि छोडेको छैन । तीजकै अवसर पारेर युएईमा पनि विभिन्न समुहले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यसैबीच काईट् ईन्टरटेन्टमेन्टको आयोजनामा युएईमा तीज धमाका नामको कार्यक्रम सम्पन्न भएको छ ।
युएईका लागि नेपालली राजदुत धनञ्जय झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम आबुधावीस्थित अल नाहादा स्कुलको सभाहलमा आयोजना गरिएको थियो ।
नेपाली लोक गायिका जानकी तरामी मगर, ‘भद्रगोल’का कलाकार जिग्री र पाँडे सोल्टी साथमा विलासी र रुन्चे गायक प्रकाश पौडेलले आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहेका कुमार कट्टेल जीग्रि र अर्जुन घिमिरे पाँडेले नेपाली समसामयिक राजनीतिमाथिको व्यंग्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालबाट आएका कलाकारहरुको साथमा युएईमा बसोवास गर्दै आएका स्थानीय कलाकार सुमन काउछा मगर, अमृत गुरुङ, कमल कार्की, मेनुका तामाङ, रुद्र थापा, विक्रम लामा, नम्रता लामा, विमला मगर, मन्जु बस्नेत लगायतले आफ्नो प्रस्तुति पस्केका थिए ।
कार्यक्रम सफल रहेको बताउँदै काईट् ईन्टरटेन्टमेन्टका विकास अधिकारीले भविष्यमा अन्य कार्यक्रमको आयोजना गर्न हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।














