११ भदौ, भारत । पहिलो पतिसँग जन्मेका छोराछोरीलाई भाइबहिनी बनाउँदै आफू कुमारी भएको नाटक गरी धनाढ्यसँग विहे गरेकी एक भारतीय युवतीले रहस्य खुल्ने भएपछि छोरीकै हत्या गरेकी छिन् । यसरी हत्या गर्ने युवती कुनै पिछडिएको समुदाय वा अशिक्षित होइन् उनी त भारतकै प्रतिष्ठित कम्पनीकी सिइओ बनी सकेकी महिला हुन् ।
भारतको प्रतिष्ठित आइएनएक्स मिडियाकी पूर्व सिइओ इन्द्राणी मुखर्जीले गरेकी हुन् ।

इन्द्राणीलाई आफ्नै छोरी शीना बोराको हत्या आरोपमा मुम्बई प्रहरीले पक्राउ गरेको छ । इन्द्राणीले सन २००२ मा स्टार इन्डियाका पूर्वसिइओ पीटर मुखर्जीसँग विवाह गरेकी थिइन् । पहिलो पतिबाट इन्द्राणीका दुई सन्तान थिए । छोरालाई उनले भाइ बनाएकी थिइन् भने छोरीलाई बहिनी । उनका पति पीटरले आफ्नी पत्नीको सबै कुरा बिश्वास गरेका थिए ।
पीटरको पनि इन्द्राणीसँग दोस्रो विवाह थियो । पहिलो पत्नीतर्फबाट पीटरका हुर्किसकेका दुई छोरा थिए । पीटरका कान्छा छोरा राहुलले आफ्नै सौतेनी आमाले बहिनी बनाएकी शीनासँग प्रेम गर्न थाले । उनीहरुबीच सम्बन्ध बन्न थालेपछि पीटर र इन्द्राणी रिसाएका थिए ।
इन्द्राणीका आफ्नै छोरा माइकलले आफ्नी बहिनी शीनाको हत्या आफ्नै आमाले गरेको दाबी गरेका छन् । इन्द्राणी, उनको ड्राइभर र उनको पहिलो पति संजीव खन्नाले शीनाको हत्या गरेको प्रहरीको अनुमान छ । हत्याको कारण भने अझै पनि खुलिसकेको छैन । उनीहरुले सुरुमा शीनाको घाँटी थिचेर हत्या गरे । त्यसपछि शवलाई टुक्रा टुक्रा पारे । त्यसलाई एक दिनसम्म कारमै राखे । दोस्रो दिन उनीहरुले रायगढ भन्ने जिल्लामा लगेर पेट्रोल छर्केर आगो लगाए । घटना भएको दुई वर्षपछि प्रहरी हत्याराको नजिक पुगेको हो ।













