६ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले तीन घुम्ती चलचित्रको हेरेका छन् । शनिबार साँझ जयनेपाल सिनेमा घरमा गएर कोइरालाले तीन घुम्ती चलचित्र हेरेका हुन् । जननायक तथा साहित्यकार विपी कोइरालाको उपन्यास तीन घुम्तीमाथि बनेको चलचित्र उनले चलचित्र भवनमै गएर हेरेका हुन् । चलचित्रको प्रमुख पात्रका रुपमा लोकप्रिय नायिका गरिमा पन्तले अभिनय गरेकी छिन् । चलचित्र हेर्न अन्य दलका नेताहरु समेत पुगेका थिए । तीन घुम्ती चलचित्र विपी कोइराला प्रतिष्ठानको सहकार्यमा निर्माण गरिएको हो ।













