राजेन्द्र लुईंटेल
२०५९ सालतिर चर्चामा रहेको कमेडी गीत हो ‘उनलाई मैले पाउनै पर्छ’ । यो गीतका गायक हुन् कुमार न्यौपाने । ‘ढाका टोपी मैलो धुने वहिनी घर गई के रमाईलो छ र खै’ पनि त्यतिकै चर्चित बन्यो त्यतिबेला । यस्ता कमेडी गीतका गायक कुमार न्यौपानेको एक दिन अचानक कालिमाटीको तरकारी वजारमा आलुको भाउ सोधिरहेको अवस्थामा भेटिए । र, मलाई उनले गाएका चर्चित गीतहरुको भिडियोको स्मरण भयो । पृथक धारका गीत गाएर अलग पहिचान वनाएका कमेडी गायक तथा अहिलेका व्यस्त टेलिभिजन विज्ञापन निर्मातालाई चिन्न गाह्रो भएन । त्यतिखेर म उनको निकै ठूलो फ्यान पनि थिए । भेट्ने अभिलाशा त थियो त्यो अचानक पूरा भयो ।
एक पत्रकारले एउटा विषयपाएजस्तै मैले तत्कालै उनीसँग कुराकानी गर्ने जमर्को गरेर आफ्नो परिचय दिंदै उनको हालको अवस्थाको वारेमा जिज्ञासा तेस्र्याएँ । उनले नजिकै रहेको साधारण चिया पसलमा वसरे चिया खादै गफ गरौ न भन्न थाले र चिया खाने क्रममा उनले आफ्नो झोलाबाट ल्यापटप झिकेर विभिन्न प्रकारका टेलिविज्ञापनहरु, रेडियो जिगंलहरु, वायोग्राफी, डकुमेन्ट्री आदि मिडियासंग सम्बन्धित आफुले निर्माण गरेका थुप्रै सामाग्रीहरु देखाउन थाले । र उनले आफ्नो भिजिटिङ्ग कार्ड दिए । उनले आफ्नो मिडिया प्रतिको समर्पण आफ्नो क्षमता तथा विज्ञापन व्यवसायी भइसकेको अनुभव साटे । मलाई लाग्यो कुमार न्यौपाने भनेको सस्तो कमेडी गर्ने हांस्य गायक तथा साधारण विज्ञापन एजेन्सी संचालक तर उनमा मैले एक वहुआयामिक क्षमता भएका प्रखर पर्फरमर तथा उनी भित्रको श्रृजनात्मक अभिव्यक्ति भावनात्मक, संरचनात्मक कुशल अभिनय क्षमताको वरदान भगवानले दिनु भएको रहेछ भन्ने महशुस भयो । मैले निर्देशकमा हुनपर्ने एक क्षमता पनि महशुस हुन थाल्यो । सोही क्रममा मैले पनि आफू पत्रकार मात्र नभएर अभिनयमा सौख राख्ने व्यक्ति भएको कुरा उनलाई वताए । केही समय अगाडी आफ्ना पिता समान डा. बद्री पोख्रेलद्वारा रचित गीतको संग्रह आरोग्य एल्वम वजारमा ल्याएको र त्यस मध्येको गायक सुगम पोख्रेलले गाएको मलाई नभेट है भन्ने वोलको गीतको म्युजिक भिडियो निर्देशन गर्न आग्रह गरे, सो कुरा उनले सहर्ष स्विकार गरे । त्यसपछि आफ्नो गन्तव्यमा हामी लाग्यौ ।
तत्पश्चात हाम्रो प्रतिवद्धता अनुसारको उक्त गीतमा म लगायत रक्षा श्रेष्ठ (भद्रगोलकी रक्षा)को मुख्य भूमिकामा म्युजिक भिडियोको छायांकन समाप्त भयो । त्यसै क्रममा नायिका तथा निर्मात्री जेनी कुंवरले आफूलाई तिजको गीत गाउन रहर लागेको कुरा भनेको याद आयो र मैले सो कुरा कुमार न्यौपानेलाई वताएँ र उनले उनको आफ्ना एक गीतकारलाई गीत रचनाका लागि जिम्मेवारी दिए र केही दिनमा नै जेनी कुँवरले तिजको निकै नै मिठो गीत गाइन् । जसको भिडियो पनि निर्माण जसको निर्देशनको जिम्मा पनि कुमार न्यौपानले सम्हाले र अभिनय जेनी कुँवर र म स्वयंलाई गर्न लगाए । र उत्कृष्ट भिडियो निर्माण गरे जुन हाल युट्युवमा हेर्ने दर्शको संख्या वढदो छ भने नेपाली टेलिभिजन च्यानलमा निकै रुचाइएको छ । केही दिनमा नै उनले निर्देशन गरेको सुगम पोख्रेलको गीत पनि सार्वजनिक हुने तयारीमा रहेको छ ।
तरकारी बजारमा भेटिएका कुमार न्यौपानेको संगतले मलाई यस्तो लाग्यो कि उनले सिर्जनामा केही न केही फरक प्रस्तुति दिने गर्दछन् । पछिल्लो पटक मैले उनलाई सोधेको थिएँ कुमार न्यौपानको जीवन कस्तो छ ?
उनले वताए आफ्नो व्यक्तिगत जीवन आध्यात्मिक चिन्तनप्रति आकृष्ट रहेको कुरा वताए । भविष्यको योजना वारेमा जिज्ञासा राख्दा नयाँ र फरक शैलीको अभिनय क्षमता देखाउने निरन्तरको प्रयासमा आफू रहेको उनले बताए । यसरी तरकारी बजारबाट जोडिएको हाम्रो सम्बन्ध निरन्तर अगाडि बढेको छ ।













