आफ्नो परिवारको ईच्छा विपरित गएर पनि आफ्नो दृढ प्रतिवद्धताका कारण परिवारलाई सहमत गराई कला क्षेत्रलाई नै उनले आफ्नो सपना वनाई विपनामा साकार वनाउन सफल भएकी महिमा सिलवालले डेढ दर्जन भन्दा वढी चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर दर्शकको मस्तिष्कमा वस्न सफल नायिका मात्र नभएर नेपाली चलचित्र क्षेत्रमा छोटो अवधिमा धेरै चलचित्रमा अभिनय गर्ने भाग्यमानी नायिकामा पर्छिन महिमा । कला क्षेत्रमा लाग्न थुप्रै कसरत र मेहनत गर्नुपर्छ , भने अझ नायिकाहरुको प्रसंगमा त निकै ठुलो संघर्ष साथ अगाडि बढ्नु पर्छ । त्यसको विपरित महिमाले एक यस्तो सौभाग्य प्राप्त गरिन जसले चलचित्र क्षेत्रका व्यवसायिक सफल तथा अग्रज निर्देशक किशोर रानाको चलचित्र कारवाहीबाट डेव्यु गर्ने मौका समेत पाईन । तिनै भाग्यमानी नायिकासंग राजेन्द्र लुईटेलले गर्नु भएको कुराकानीको संक्षेप ।
वाल्य अवस्था कसरी वित्यो ? कसरी सम्झिनुहुन्छ ?
म काठमाण्डौंको सोह्रखुट्टेमा जन्मे पनि वाल्यवस्था भने ललितपुरको सातदोवाटोमा वितेको थियो । म सानै देखि सवैकी प्रिय थिए । परिवारको भनाईमा पनि साह्रै राम्री भएकै कारण मात्रै हो तर स्वभाव त चकचके, चुलवुले र अत्यन्त घमण्डी नै थियो तै पनि सवैले माया गर्नुहुन्थ्यो । पढ्न साह्रै अल्छि लाग्थ्यो चलचित्र हेर्न, साथी भाईहरुसंग घुम्न र स्कूल वंक गर्न भने पछि म अगाडि नै हुन्थें । मेरो बुवा नेपाल प्रहरीको जागीरेको कारण उहांको सरुवा हुने भएकोले पनि मेरो वाल्यवस्था धेरै स्थानहरुमा विताए ।
औपचारिक
शिक्षा कहांबाट कहिल्यै शुरु गर्नु भयो ?
मैले ललितपुरको हात्तिवन स्थित फुलचोकी उच्च माध्यामिक विद्यालयबाट शुरु गरें । मैले नर्सरीबाट आफ्नो शिक्षा प्रारम्भ गरेकी हुं । म ४ वर्षको थिए पहिलो पटक विद्यालय जादा धेरै रोएको थिए स्कूल जानु परेकोले धेरै समय पश्चात नै मैले स्कूलमा घुलमिल भएकी थिए ।
पढ्नमा कतिको रुचि हुन्थ्यो र पढाई कस्तो थियो ?
मेरो पढाई त एकदमै नराम्रो पढ्न भने पछि मरे जतिकै थिए । मलाई मेरा अभिभावक र शिक्षकरुले धेरै नै मिहिनेत गर्नु पथ्र्यो पढाउनको लागि । धेरै दुःख दिएको थिए मेरो परिवार र शिक्षक शिक्षकलाई । अहिले धेरै पश्चाताप लाग्छ । मैले मेरो ड्याडलाई यति सम्म भनेकी मलाई मोडलिङ्ग गराउनु हुन्छ भने म प्रथम हुन्छ नभए मेरो पढाई सधैं यस्तै हुनेछ । तत् पश्चात उहांहरु आफै हार खानु भएको थियो मलाई पढाउनको निमित्त । विज्ञान विषयको पढाई हुने पिरियडमा त म कहिल्यै कक्षा कोठामा वस्ने गरिन् । एक पटक सो पिरियड शुरु हुनु अगावै म र मेरा केही साथी कक्षा वंक गर्ने तयारीमा थियौ, अचानक मैले मेरो ड्याडलाई स्कूलको गेटबाट भित्र छिर्दै गरेको अवस्थामा देखे र हतार हतार गएर कक्षा कोठामा गएर वस्न खोज्दा आफ्नै विज्ञान शिक्षकले नचिनेर तिमी कुन कक्षाको हो भनेर सोधेको म कहिल्यै विर्सन्न ।
के मा रुचि हुन्थ्यो ? पढाईलाई खासै ध्यान दिनु भएन ।
मेरो रुचि जहिले नाच्ने गाउने, रमाउने र खेल्ने नै हुन्थ्यो । साथी भाईसंग घुम्न जाने गर्थे । स्कूलबाट पनि धेरैै पटक भागेर कहिले सिनेमा हेर्न त कहिले गोदावरी घुम्न गएका छौं । उटपट्याङ्ग काम गर्न मन लाग्ने गथ्र्यो । धेरै जनालाई दुःख दिएको छु । स्कूल वंक गरि साथीहरुलाई गोदावरी घुम्न लिएर गयो र त्यहां डेटिङ्ग आएकाहरुलाई ढुङ्गा हान्दै जिस्काउने समेत गथ्र्यौ । त्यसैमा मजा आउन थाल्यो र मेरो पढाई पनि सामान्य तरिकाले नै चल्यो ।
त्यसैको प्रभाव हो कि सिनेमा क्षेत्रमा लाग्नुको कारण ?
प्रभाव त नभनौ किन कि सिनेमा जगतलाई शिक्षाको झन जरुरी छ । पढ्नमा रुचि नहुदैमा यस क्षेत्रमा आउने पनि होईन । मलाई सिनेमा हेर्न साहै्र रहर लाग्थ्यो । विशेष म सानैदेखि नेपाली सिनेमा हलमा गएर नै हेर्थे । त्यसले यो क्षेत्र भनेको कस्तो रहेछ भनेर वुझ्ने कोशिस चाहि गर्थे । मलाई सानै देखि नृत्यमा सौख थियो । टेलिभिजनमा आउने नृत्य प्रतिस्पर्धाहरु हेर्ने गर्थे र आफु पनि त्यसरी नाच्न पाए हुन्थ्यो भन्ने लाग्छ ।
तपाईले त अभिनय पनि सिक्नु भएको थिएन ? सानै देखि कलाक्षेत्रमा पनि संलग्न हुनुहुन्नथ्यो कसरी एक्कासी सिनेमामा आउनु भयो ?
मेरो नृत्य प्रतिको रुचिकै कारण सिनेमा क्षेत्रमा आउन विना कुनै संघर्ष सफल भएको मान्छु । सानै देखि मोडलिङ्गमा निकै नै रुचि थियो । तर मेरो परिवारलाई यस क्षेत्रमा लागेको मन पर्दैनथ्यो । रुचिको विषय भए पनि आफुले केहि गर्न नसक्ने वन्देजहरु थिए । मेरो एसएलसीमा कम मार्कस आउनुको कारण पनि यहि थियो कि मलाई यो क्षेत्रमा नलाग्न भन्नुहुन्थ्यो मैले जानेर पढाईमा ध्यान दिईन । एसएलसीमा सेकेण्ड डिभिजनमा पास भए पश्चात म वागवजारमा नृत्य सिक्न जान थाले परिवारमा धेरै अनुरोध र आग्रह गरेर । एकदिन अग्रज निर्देशक किशोर राना मैले नृत्य सिक्ने राजधानी कला केन्द्रमा आउनु भएको थियो । एक्कासी उहांको आंखा मेरो नृत्यमा परेछ र मलाई वोलाएर नानी तिमी सिनेमामा खेल्छौ भन्नुभयो । म एकछिन अलमल्ल परें के हुन्छ भन्ने वा हुदैन भन्ने आफु प्रति नै विश्वास लागेन । मलाई पहिलो पटक त विश्वासै लागेन नेपालका चर्चित फिल्म निर्देशक किशोर रानाले नै यस्तो प्रस्ताव गरेपछि नाई कसरी भनौं । हुन्छ भने र आफुलाई अभिनय नआउने कुरा पनि वताए तर वहांले म सिकाईहाल्छु भन्नु भयो । त्यस पछि म ढुक्क भएर घर गएर परिवारलाई वताए तर अर्को अड्चन वहांहरुलाई सहमत गराउन निकै प्रयास गरें । अन्तमाः धेरै प्रयास पछि त्यसमा पनि सफल भए किशोर रानाको चलचित्र कारवाहीमा पहिलो अभिनय यात्रा शुरु भयो । उक्त सिनेमा रिलिज हुन नपाउदै जिगोलो, दानव लगायत थुपै्र चलचित्रको अफर आउन थाल्यो र २ वर्षको अवधिमा १० वटा भन्दा चलचित्रमा अभिनय गर्ने मौका समेत पाए । र हालसम्म १९ वटा चलचित्रमा खेल्ने अवसर पाए ।
तपाई एक्कासी यस क्षेत्रमा लागेकाले यो क्षेत्र कस्तो रहेछ र अनुभव कस्तो रह्यो ?
चलचित्र खेल्नु अगाडि सजिलो त छ नि अभिनय गर्न , सवैले सेलिव्रेटी भन्छन् चिन्छन् । हलमा ताली पड्काउछन् । सवैले ओहो कस्तो राम्रो रहेछ । कलाकार भनेर सम्मान गर्छन भन्ने सोच थियो । तर त्यो सोचका विपरित धेरै मिहिनेत र कडा परिश्रम गर्नु पर्ने क्षेत्र भनेर बुझेको छु । सोचे जस्तो सजिलो छैन । हुन त् मलाई अरुलाई जस्तो धेरै स्ट्रगल गर्नु परेन तर पनि चलचित्र तयार नहुन्जेल न घाम न पानी न रात न दिउसो , खान पिनको टुङ्गो पनि छैन । खेल्यो फेरी चलचित्र चल्छ ? चल्दैन त्यो तनाव । समय र दर्शकको माग अनुसारको खुराक दिनै पर्ने घर परिवारलाई समय दिन मुश्किल पर्ने यि यावत कुराको अनुभव भयो ।
नेपाली चलचित्र
क्षेत्रको भविष्य कस्तो देख्नु भएको छ ?
धेरै राम्रो छ नेपाली चलचित्रको भविष्य नयां नयां प्रविधिहरु पनि भित्रिएका छन् । यसै क्षेत्रमा विद्धता हासिल गरेर आएका चलचित्रकर्मीहरुको संख्या पनि वढ्दो छ । दर्शकहरुको माग पनि नेपाली चलचित्रलाई अझ विकसित होस् भन्ने छ । चलचित्र हेर्ने दर्शकको संख्या क्रमिक रुपमा वढ्दै छ । सोही अनुसार चलचित्र हलहरुको गुणस्तरमा परिवर्तन आएको छ । नयां नयां लगानीकर्ता र यस क्षेत्रलाई व्यवसायिक रुपमा सफल वनाउनका लागि लागि पर्नेहरुको पनि जमात वढीरहेको छ । यस कारण यस क्षेत्रको भविष्य उज्ववल छ र अझै उचाईमा पुर्याउनु जरुरी छ ।
कहिले सम्म यो क्षेत्रमा रहने सोच राख्नु भएको छ ?
म मेरो जिवनको अन्त्यसम्म यस क्षेत्रमा रहनेछु । यस क्षेत्रबाट टाढा जान सक्दिन । सिनेमा क्षेत्र भनेको एक किसिमको नशा हो । यसमा लाग्न गाह्रो छ तर लागि सके पछि यो क्षेत्रबाट टाढा जान निकै नै गाह्रो हुन्छ । मलाई पनि त्यो नशाले छोएको छ । म कलाकार हुं, दर्शकले जहिले सम्म महिमा सिलवाललाई हेर्न चाहनुहुन्छ त्यो वेला सम्म निरन्तर लागि पर्नेछु ।
अन्तमा, नेपाली चलचित्र हेर्ने र नहेर्ने दर्शकलाई के भन्न चाहनुहुन्छ ?
नेपाली चलचित्र हेर्ने दर्शकलाई यस प्रति झन तपाईहरुको माया, सद्भाव र स्नेहको खांचो छ । नेपालीले आफ्नो हैसियत र दर्शकहरुको माग अनुसारको धेरै मिहिनेत गरेर चलचित्र वनाएका हुन्छन् । नेपाली सिने वजार सानो छ । हिन्दी चलचित्रको तुलना गर्नु भन्दा आफ्नै नेपाली दाजु भाई तथा दिदी वहिनीले वनाएका चलचित्रहरु हेरेर सहि मूल्यांकन गरिदिनु होला नेपाली दर्शकहरुको मूल्यांकनको आधारमा नै माग अनुरुपका चलचित्रहरु वन्नेछन् । जय नेपाली सिनेमा ।













