नेपालका अधिकांश चर्चित कलाकारहरुले सिने क्षेत्रमा प्रवेशसगै बास्तबिक नाम परिवर्तन गर्ने गरेका छन् । कसैले कमन नाम भएको भन्दै त कसैले ज्योतिसको सल्लाह भन्दै नाम परीवर्तन गरे । पिँजडा सँगै रजतपठमा उदाएका नायक निखिल उप्रेतीको खास नाम दिनेश उप्रेती थियो । शुरुका दिनहरुमा सिने क्षेत्रमा राम्रै नाम र दाम कमाएका निखिललाई आपल्नो नाम फेरेको फाप्यो भन्ने पनि धेरै नै थिए ।
त्यस्तै गरी नायक बिराज भट्ट पनि चलचित्र क्षेत्रमा प्रवेश गरेपछि राखिएको नाम हो । त्यसभन्दा पहिले यीनलाई भोजराज भट्ट भनेर चिनिन्थ्यो । बिराज जस्तै नायक रमित ढुंगानाको पनि घरमा कोलाउने नाम राधेस्याम ढुंगाना हो ।
चलचित्र किस्मतबाट सिने नगरीमा किस्मत चम्काउन आइपुगेका नायक आर्यन सिक्देलको खास नाम हरीचन्द्र सिक्देल थियो । धादिङका स्थायी बासिन्दा गोपाल रिजाल पनि चलचित्र क्षेत्रमा आएपछि नाम परीवर्तन गरी आयुष रिजाल भए ।
त्यसैगरी नायक द्वय सुरेस मरहट्टा र सरोज राणाले आफ्नो नामको पहिलो अक्षर हटाएर क्रमश रेश मरहट्टा र रोज राणा मात्र लेख्न थाले ।
यसरी नाम परीवर्तन गर्नेमा नायकहरु मात्र होइन नायिकाहरुको सूची पनि लामै छ । सदावहार नायिका करीस्मा मानन्धरलाई सिने क्षेत्रमा आउनुभन्दा पहिले बुनु केसी भनेर भिनिन्थ्यो । त्यसैगरी चलचित्र इन्द्रेणी मार्फत कला क्षेत्रमा प्रवेश गरेकी शोभा केसी अहिले नन्दिता केसी नामले चर्चित छन् ।
चलचित्रमा नन्दिता पात्र बनेकी उनले आफेनो नाम नै त्यही पात्रबाट कपी गरिन् । कुनै जमानाकी चर्चित नायीका पूजा चन्दको बास्तबिक नाम राधिका चन्द थियो । सिने क्षेत्रमा प्रवेश गर्नुपूर्व उषा पौडेल रुकमणी, युना उप्रेती यमुना , सुमिना घिमीरेलाई मीना र जीया केसी जमुना नामले चिनिन्थे ।













