१८ असार, काठमाडौं । नेपाली चलचित्रका नायिका तथा मोडेलहरु जीवनमा निराश भएपछि विरक्त बन्ने, भिक्षणी बन्ने या धर्मकर्ममा लाग्ने घटनाहरु बारम्बार दोहोरिने गरेका छन् । कुनै समय झरना बज्राचार्य विवाह नै नगर्ने भनेर निराश भएर बसिन् । कोहिनुर सिंह नाम गरेकी मोडेल विरक्त भएर भिक्षुणी बनिन् । नायिका वर्षा खड्का बेपत्ता नै भइन् । पूजना प्रधानले आफूलाई बदल्दै पूजना स्त्री बनिन् । यस्ता घटना नेपाली चलचित्र तथा फेसन दुनियामा सामान्य बन्दै गएका छन् ।
उद्धव पौडेलका सुपुत्र निरज पौडेल देखि क्रिकेट खेलाडी शरद भेषवाकरसम्मको रोमान्स र विछोडका कारण निशा अधिकारी यतिवेला चर्चामा छिन् । अझ चर्चा उनको यतिवेला भएको छ कि उनले आफ्नो मनमोहक कपाल नै खौरिएकी छिन् ।
मिसन पैसा, मायाज् बार, धुवाँ यो नशा, मुखौटो, पद्मिनीलगायतका नेपाली चलचित्रमा अभिनय गरेकी निशा अधिकारी एकाएक परिवर्तन होलिन् भन्ने सायदै सोचिएको थियो । उनको अभिनय जति रुचाइएको थियो, त्यति नै उनको कपालको चर्चा पनि सुनिन्थ्यो । महिलाका ३२ गुणमध्ये एक सुन्दर केश पूरै खौरिएर निशाले फेसबुकमा फोटो राखिन् । यसको कारण खुलेको छैन । तर, केही समयअघि अमेरिका पुगेकी निशाको कपाल मुण्डनबारे नेपालमा टीका–टिप्पणी सुरु भएको छ । फेसबुकमा भने उनले लेखेकी छिन्, ‘मैले मुन्डन भएको प्रत्येक क्षण आनन्द लिएँ । तपाईंले त्यही गर्नुपर्छ, जुन तपाईंको हृदयले चाहन्छ । कारण त्यति काफी छ ।’ त्यसमा प्रशंसा, आलोचना तथा जिज्ञासा गर्ने सयौँ छन् । बिहीबार साँझ दोस्रोपटक फेसबुकमा निशाले लेखेकी छिन्, ‘म कसैको दास होइन, स्वतन्त्र रूपमा बाँच्न चाहन्छु ।’ निशाले कपाल मुण्डन गर्नुअघि नै कपाल छोट्याएको फोटो पनि फेसबुकमै पोस्ट गरेकी थिइन् ।
उनले कपाल खौरिनुका कारणहरु केके हुनसक्छन् भनी नयाँ पत्रिका दैनिकले तीन आशंका र अनुमान लगाएको छ ।
तीन आशंका
फेसबुकमा आफ्नै स्वतन्त्रताका लागि कपाल काटेको निशाले बताए पनि नेपालमा उनका शुभचिन्तक तथा दर्शक उनको निर्णयबाट अचम्ममा परेका छन् । उनको कपाल मुण्डनबारे अनेक आशंका र अनुमान छन् । जस्तो :
१। भेषवाकरसँग ब्रेकअप स् दुई वर्षअघिदेखि निशा र नेपाली क्रिकेटर शरद भेषवाकरको प्रेमबारे चर्चा चुलिएको थियो । केही महिनायता भने उनीहरूको सम्बन्ध राम्रो नरहेको हल्ला चलेको छ । कतै यही त होइन निशाले कपाल मुण्डन गर्नुपर्ने कारण ?
२. हलिउडको सिको स् कपाल मुण्डन गरेका हलिउडका हिरोइन प्रशस्त छन् । अमेरिकामै फिल्म निर्देशन अध्ययन गरेकी निशाको हलिउडकर्मीसँग संगत पनि होला । कतै यो कपाल मुण्डन त्यतैको सिको वा प्रभाव त होइन ?
३. स्वास्थ्यमा समस्या स् कपालको स्वास्थ्यमा कुनै समस्या आए, कपाल मुण्डन गर्नुपर्छ भन्ने विश्वास नेपालमा छ । कतै निशाको सुन्दर कपालमा कुनै रोग लागेकाले काट्नुपरेको त होइन रु यस्तो बाध्यताले पनि उनले कपाल मुण्डन गरेकी हुन सक्छिन् ।
फेसबुक र पत्रिकामा विभिन्न अनुमान आएपछि निशाले कपाल खौरनुको कारण खुलाएकी छिन् । उनले भनेकी छिन्- ‘मैले आफ्नो कपाल बच्चाहरुका लागि विग नक्कली कपाल बनाउन दान गरेकी हुँ। मेरो कपाल पछि फेरि उम्रनेछ। तपाईँको कपाल तपाईँलाई जे मन लाग्छ गर्नुस्। त्यो तपाईँको कपाल हो। नट अ बिग डिल।’













