सलमान र शाहरुख खान फेरि एक पटक बक्स अफिसमा भिड्ने भएका छन् । यसअघि सन् २००६ मा भिडेका दुवै कलाकार आउँदो वर्षको इदका लागि भिडन्त गर्ने भएका हुन् । निर्माण कम्पनी यशराज फिल्मस् र एक्सेल इन्टरटेनमेन्टले दुवै स्टारका फिल्म एकै डेटमा रिलिज गर्ने अड्डी कसेपछि दुवैको भिडन्त पक्का भएको हो ।
यशराजले बनाउने फिल्म ‘सुल्तान’ र एक्सेल इन्टरटेनमेन्टले बनाउने फिल्म ‘राइज’ सन् २०१६को इदमा रिलिज हुन लागेका हुन् । एक्सेल इन्टरटेनमेन्टले आज भन्दा तीन महिना अघि नै आउँदो वर्षको इदमा फिल्म रिलिज गर्ने घोषणा गरेको थियो र घोषणा अघि यशराज फिल्मस्लाई सुल्तान आउने सम्भावनाका बारेमा सोधेको थियो तर त्यतिबेला यशराज फिल्मस्का तर्फबाट यो फिल्म नआउने बताईएको थियो तर अहिले अचानक सुल्तानले रिलिज डेट घोषणा गरेपछि एक्सल पछि नसर्ने मनस्थितिमा छ । यसअघि शाहरुखकै फिल्म ‘दिलवाले’ सन्जय लिला भन्सालीको फिल्मसँग भिड्न आएर चर्चामा रहेको थियो । ‘दिलवाले’ र ‘बाजीराव मस्तानी’ यही वर्षको डिसेम्बर १६ मा रिलिज हुँदैछन् ।