विभिन्न विवादले चर्चामा आइरहने अभिनेत्री रेखा थापाले प्राविधिक संघले प्रदान गर्ने अवाड समारोहको प्रारम्भ अग्रज अभिनेत्री करिश्मा मानन्धरलाई गर्न लगाएकोप्रति रिस पोखेकी छिन् । चल्तीको नायिका आफूलाई समारोहको नदिने गरेकोले कतारमा हुन लागेको अवार्ड समारोहलाई कोठे अवार्ड भन्दै उनले झोँक पोखेकी हुन् । उनले आफ्नो व्यक्तिगत तथा आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै अवार्ड कार्यक्रमले कलाकारहरुलाई मनोबल बढाउनु पर्नेमा नेपालली अवार्ड कार्यक्रमहरुमा नातावाद तथा सोर्सफोर्स हाबी भएको आरोप लगाएकी छन्।
उनले आफ्नो स्टाटसमा लेखेकी छन्, ‘सिनेमा जगतमा धेरै नै अवार्ड कार्यक्रमहरु हुँदै आइरहेका छन् र यस्तो प्रकारका कार्यक्रमहरुले कलाकारहरुलाई ठुलै मनोबल पनि प्रदान गर्छ। तर नेपालमा भने चिनजान ,आफन्त र सोर्सफोर्समा अवार्ड दिने परम्परा व्यापक भएको हुँदा तेस्तो प्रकारको अवार्डको कुनै मूल्य र मान्यता नरहने ठहर गर्दै रेखा फिल्म्सले अब उप्रान्त आफ्नो फिल्म कुनै पनि अवार्ड आयोजक सस्थाहरुलाई प्रतिस्पर्धाको निम्ति प्रदान नगर्ने कुराको सार्वजनिक जानकारी गराउन चाहन्छु।’
प्रायः हिन्दी सिनेमाको कथावस्तु, दृश्य तथा संगीत हुबहु उतारेर चलचित्र निर्माण गर्ने अभिनेत्री थापाले व्यवसायका आधारमा चलचित्रको मूल्यांकन हुनुपर्ने दावी गरेकी छिन् । आयोजकले आफनो मनपरि तवरले अवार्ड वितरण गरिनुले सच्चा कलाकार, निर्माता , निर्देशक तथा प्राविधिकको अपमान गर्ने गरेकोले आफू नायिका तथा निर्माता रेखा थापा तथा रेखा फिल्म्स् यस्ता प्रकारका कुनै पनि कोठे अवार्डहरु वहिष्कार गर्ने रेखाले उल्लेख गरेकी छिन् ।













