२ सन्तानलाई जन्म दिएपश्चात चलचित्रमा कमब्याक गरेकी नायिका संचिता लुइटेलले उनको कमब्याक चलचित्र ‘नाई नभन्नु ल ३’को सोमबार बीग सिनेमामा भव्य प्रिमियर को आयोजना गरियो । यो चलचित्र हेर्नका लागि अधिकांश नायिकाहरुको उपस्थिती रहेका थियो ।
तर, सबैले प्रतिक्षा गरेकी नायिका संचिता लुइटेल नै प्रिमियरमा देखा परिनन् । संचिता नआउँदा कार्यक्रममा कानेखुशी पनि चल्यो । आखिर संचिता लुइटेलका लागि प्रिमियरमा नआउनुपर्ने वाध्यता के थियो । केही समय पर्दा पछाडि रहेर कमब्याक गर्दै गर्दा संचिताका लागि यो चलचित्र विशेष थियो ।
कारण, २ सन्तान स्कुल जान थालेकाले चलचित्रमा नै निरन्तर लाग्ने बताएकी संचिता आफू अभिनित चलचित्रकै कार्यक्रममा नदेखिनु अर्थपूर्ण पक्कै हो । संचिता प्रिमियरमा नआउनुको कारण, उनको भूमिका काटिनु हो । चलचित्रमा संचिताका जती पनि दृश्य खिचिएका थिए, ती सबै समावेश छैनन् । जसका कारण पनि संचिताले प्रिमियरमा आउने चाहिनन्। संचिताले चलचित्रको डबिङमा ती दृश्य नदेखेपछि मन खिन्न बनाएकी थिइन् ।
हुनत, संचिताको चलचित्र भित्र दमदार भूमिका छ । तर, पनि लामो समयपछि कमब्याक हुँदा आफूले अभिनय गरेका दृश्य नै काटिएपछि संचिताको मन खिन्न भएको हुनसक्छ । तर, कार्यक्रममा भने संचिता बिरामी भएकाले नआएको बताइएको थियो ।