
उज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, सिताराम कट्टेल, केदार घिमिरे, दिपकराज गिरी मुख्य भूमिकामा छन् । कमेडी जनराको यो फिल्मको प्रदर्शन दसैंंको छेको पारेर गर्न लागिएको हो ।
दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको मुख्य लगानी रहेको यो फिल्ममा सिताराम कट्टेल, केदार घिमिरे र जितु नेपालले पनि निर्माणमा सघाएका छन् । यो टिमले यसअघि ‘छ एकान छ’ बनाएको थियो ।