बलिउडमा एकपछि अर्को फिल्म दिन थालेपछि अभिनेत्री सन्नी लियोनी महंगी हुदै गएकी छिन् । । सन्नी महंगी हुँदा फिल्म बनाउने निर्माताहरु पनि तनावमा देखिएका छन् ।
‘मस्ती’ र ‘ग्रान्ड मस्ती’को सफलतापछि यसको निर्माता ‘ग्रान्ड मस्ती रिटर्न्स’ बनाउने तयारीमा लागेका छन् । जसमा विवेक ओवराय, रितेश देशमुख र आफताब नै मुख्य भूमिकामा देखिनेछन् ।
दोहोरो अर्थ लाग्ने शब्द र हट दृश्यका कारण ‘ग्रान्ड मस्ती’ हिट भएकाले ‘ग्रान्ड मस्ती रिटर्न्स’मा सन्नीलाई लिएर हट दृश्य खिच्ने तयारी थियो निर्माताको । तर, सन्नीले आफ्नो बढ्दो सफलतालाई हेर्दै ३ करोड पारिश्रमिक मागेकी छिन् ।
सन्नीले ३ करोड पारिश्रमिक मागेपछि ‘ग्रान्ड मस्ती रिटर्न्स’मा उनलाई लिने योजना असफल भएको छ । सन्नी महंगी भएपछि अहिले अरु नै अभिनेत्रीलाई लिने तयारी गरिएको छ ।