रेखा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म “रामप्यारी”का लागि अभिनेत्री रेखा थापाले आफ्नै जेठी दिदीका छोरा आभाष अधिकारीलाई अभिनेताको रुपमा भित्राउने फाइनल गरेकी छिन् ।
जेठी दिदी पारु थापाका छोरा आभाष अहिले फिल्म खेल्नकै लागि अभियन, नृत्य लगायतको तालिम लिइरहेका छन् । रेखासँगै हुर्किएका आभाषले उनलाई मामु भन्ने गरेका छन् ।
ट्याम्पु ड्राइभरको कथामा तयार हुन लागेको यो फिल्ममा रेखा मुख्य भूमिकामा छिन् । आभाष सानोमा मामाघर बसेर पढेकाले पनि रेखासँग घुलमिल भएका कारण पनि उनलाई फिल्ममा काम गर्न सजिलो हुनेछ ।
यो फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्न लागेका हुन् ।