प्रेम रतन धन पायो मा बलिउडको हालसम्मकै लामो गीत रहेको फिल्मलाई सूरज बडजात्याले निर्देशन गरेका छन् । कुल ९ वटा गीत रहेको यस फिल्ममा एउटा गीत १३ मिनेटको रहेको निर्माण युनिटले जानकारी दिएको छ । पारिवारिक फिल्म बनाउन सफल मानिएका निर्देशक सूरज बडजात्याले एक पटक फेरी सलमान खानलाई दोहोे¥याएका छन् ।
यस फिल्मका करियोग्राफर अहमद खानले यसको एउटा गीत १३ मिनेट रहेका पुष्टि गरेका छन् । हिमेश रेशमियाको संगीत रहेको उक्त गीत फिल्मको एक विशेष दृश्यमा आउने र कथालाई अगाडि बढाउने उनको भनाइ छ ।
पारिवारिक फिल्म ‘प्रेम रतन धन पायो’मा सलमान खान, सोनम कपुर, निल नितिन मुकेश तथा स्वारा भाष्करको मुख्य भुमिका रहेको छ ।