अभिनेत्री शिल्पा पोखरेल “फागुु” नामको फिल्मको छायांकन सकेर काठमाण्डौ फर्किएकी छिन् । काठमाण्डौ आएलगतै उनी निर्माता छविराज ओझाले बनाएको फिल्म हवल्दार सुन्तलीको प्रचार प्रसारमा लागि परेकि छिन् ।
यो चलचित्रमा शिल्पाको मुख्य भूमिका रहेका छ। हवल्दार सुन्तली धामीको बलात्कारको बिषयलाई लिएर बनेको यस फिल्ममा शिल्पाले आफूले सक्दो मिहिनेत गरेको र यो फिल्म आफ्नो लागि विशेष भएको बताईन् ।
फिल्ममा आफू शिर्ष भूमिकामा भएकाले पनि अरुको भन्दा धेरै जिम्मेवारी आफ्नो काँधमा भएको उनको भनाई छ । फिल्म छायांकनको समयमा पनि निर्देशकले आफूलाई नै राम्रो गर्नुपर्छ है भनेकाले पनि बहुतै मिहिनेत गरेको शिल्पाले बताइन् ।
फिल्ममा द्धन्द्धात्मक दृश्य गर्दा गाह्रो भएपनि आफूले त्यो काम स्वयंले गरेको बताइन् । ऋषि लामिछानेको निर्देशनमा बनेको यो फिल्ममा सविन श्रेष्ठ र किशोर खतिवडाको पनि अभिनय रहेको छ । शिल्पाले यो फिल्ममा काम गर्न पाउनु आफ्ना लागि चुनौती र अवसर दुवै भएको बताइन् ।