नायिका रेखा थापा फिल्म क्षेत्रमा सधै चर्चामा रहि रहने नायिका हुन । उनी सधैं फिल्मी क्षेत्रमा नयाँ नयाँ परिक्षण गर्न रुचाउँछिन् ।
केही समय अगाडि फिल्म हिम्मतवालीमा निर्देशक श्याम भट्टराईलाई निकालेर आफैँ फिल्म निर्देशन गरेर छुट्टै पहिचान बनाएकी रेखाले फिल्मका नायक सुदर्शन गौतमसँगको प्रेम सम्बन्धका कारणले पनि चर्चामा रहिन् ।
उनै रेखा अब संगीतकार समेत बन्ने पक्का भएको छ । आगमी नयाँ वर्षसँगै रेखा थापाको परिचयमा थप अर्को इँट्टा थपिने भएको हो । बैशाख देखि छायांकन हुनलागेको चलचित्र “रामप्यारी”को गीतमा रेखाले संगीत दिने भएकी छिन् ।
रेखा आफैँले निर्माण गर्न लागेकी फिल्म रामप्यारीको कथा पनि उनैले नै लेखेकी हुन् ।
यस अघि रेखाले फिल्म रावणको लागि गीत लेखेकी थिइन् । रेखाले गीतको शब्द फुरेपछि ट्यूनिङ पनि दिमाग आएकोले संगीत भर्न लागेको बताइन् । महिला ट्याम्पु ड्राईभरको कथालाई समेट्ने रामप्यारीको निर्देशन भने सविर श्रेष्ठले गर्नेछन् ।













