१० चैत, काठमाडौं । मंगलबार अपरान्ह दक्षिण फ्रान्समा जर्मनविंग्सको एयर बस ए-३२० दुर्घटनाग्रस्त भएको छ । विमानमा १४८ यात्रु रहेको अनुमान गरिएको छ ।
दक्षिणी एल्प्स पर्वत श्रृंखलामा दुर्घटना भएको एअरबस ‘ए ३२०’ मा चालक दलका ६ सदस्य तथा १ सय ४२ यात्रु सवार रहेका बीबीसीले जनाएको छ ।
जर्मनी यात्रुहरु चढेको सो विमान फ्रान्सको दक्षिणी भेगको आल्प्स नजिकै दुर्घटनामा परेको अन्तर्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जर्मन एयरलाइन्स लुफ्थांसाको सो विमानले बार्सिलोना र डसेलडोर्फको यात्रा गरिरहेको थियो ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।













