
सुदर्शनको प्रवेशसँगै रेखाले आफ्नै फिल्मका निर्देशक श्याम भट्टराईलाई फिल्मबाट हटाइन् । श्यामलाई हटाउने रेखा सुदर्शनको प्रेममा आफू चुर्लुम्ब डुबेको बताउन पछि पर्दैन थिइन् ।
फेसबुकका भित्तामा सुदर्शनसँगको प्रेमलाई रेखालाई विभिन्न तबरले पोखिन् । कहिले आइ लभ यू त कहिले चुम्मा चुम्मी । अहिले आएर रेखा र सुदर्शनको फेसबुक प्रेम नौटंकी देखियो । सुस्तायो फेसबुके प्रेम ।
हाल सुदर्शन अमेरिकामा छन् रेखा नेपालमा । अहिले दुबै जनाले भन्दै आएको प्रेम मरेको छ । के आखिर फिल्म चलाउनकै लागि रेखाले सुदर्शनलाई प्रयोग गरेकी थिइन् त ?
रेखा नेपालकै चर्चित अभिनेत्री हुन् । उनले गरेका र बोलेको कुराले समाजमा प्रभाव पार्छ । तर, आफ्नो फिल्म चलाउनका लागि रेखाले अपनाएको यो सस्तो तरिकाले भने सकारात्मक सन्देश पक्कै दिदैन ।
रेखासँग नाम जोडिदा सुदर्शनलाई पनि फाइदा भयो होला । उनले पनि चर्चा पाए । केही समयका लागि रेखाको प्रेम पाए । तर, हिजो बिहे नै गर्छौ भन्ने रेखा र सुदर्शन आज चुपचाप छन् । यो नाटकी प्रेमले फिल्म क्षेत्र तरंगीत छ ।