
गायिका आनि छोईङ डोल्माले फिल्म राम्रो बनेको प्रतिकृया दिईन् । फिल्म हेरेर बेला बेला आफूलाई डरको महसुश भएको उनको प्रतिकृया थियो । यस्तै बैंकर अनिल शाहले पनि फिल्म राम्रो बनेको प्रतिकृया दिए ।
नयाँँ निर्देशक सुदीप भूपाल सिंह ‘बब्ली’को कामको धेरैले प्रशंशा गरेका छन् । यस्तै अभिनेत्री प्रियंका कार्कीको बिना संवादको अभिनयलाई पनि धेरैले रूचाएको पाईयो । अभिनेता आर्यन सिग्देल आफ्नो कामलाई न्याय गरेको प्रतिकृया दिंदा नयाँ अभिनेता प्रज्वल गिरीको कामलाई पनि मन पराएको पाईयो ।
आत्माको बिषयमा बनेको फिल्म ‘माला’मा शिशिर राणा, सुमिना घिमिरे, सुनिता ठाकुरको पनि मुख्य अभिनय छ । फिल्ममा कलाकारदेखि प्राबिधिक सबैको कामलाई प्रशंशा मिलेको छ । केही स-साना कमजोरीका बाबजुत नयाँ निर्देशकको भविष्य राम्रो रहेको फिल्म मेकिङले देखाएको छ ।
फिल्ममा सोम सिंह र प्रज्वल अधिकारीको लगानी छ । सस्पेन्स थ्रीलर यस फिल्मका कार्यकारी निर्माता कलाकार शिशिर राणा हुन् । फिल्म आउँदो शुक्रबारबाट रिलिज हुदैछ ।