विश्वको दोस्रो ठूलो चलचित्र उद्योग वलिउड अहिले ग्ल्यामरका दुनियामा चर्चित उद्योगका रुपमा रहेका छन् । यौन, रोमान्स र मनोरञ्जन केवल वलिउडको रिल लाइफमा मात्र होइन रियल लाइफमा समेत चर्चाको विषय बन्ने गरेको छ ।
वलिउड नायक नायिकाको प्रेम, विछोड, रोमान्स र यौनलाई भारतीय संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रस्तुत गर्ने गर्दछन् ।
सन् २०१५ मा आइपुग्दा बलिउडमा नायक नायिकाको ग्यालमर पहिरनमै केन्द्रत भएर संचारमाध्यमहरु घण्टौंका समाचार बनाउँछन् ।
बलिउड नायिकाहरु आज चलचित्रमै वा सार्वजनिक स्थलमा छोटा पहिरन लगाउनु सामान्य भैरहेका वेला यतिवेला सन् १९५० तिर नै बन्द कोठमा वलिउड निर्देशकले नायिका नङ्ग्याउने गरेका तस्वीरहरु सार्वजनिक भएका छन् ।
गुगलको लाइभ आर्काइभले सार्वजनिक गरेका केही तस्वीरहरुमा नायिकाको अडिसन दिने समयमा निर्देशकले नायिकाप्रति गरेको अनौठो व्यवहार र अनौठो सेक्सी पहिरन देखिन्छ । 
हातमा चुरोट लिएका निर्देशक नायिकाका विभिन्न अङ्गहरु नै छोएर अडिसन लिएका यी तस्वीरले यतिवेला वलिउड तथा भारतीय संचारमाध्यममा तहल्का मच्चाएका छन् । अडिसन लिने व्यक्ति हातमा चुरोट लिएर युवतीको कपाल सम्सुम्याउने देखि कम्मर नाप्नेसम्मका कामहरु गरिरहेको तस्वीरमा देखिन्छ ।
यी तस्वीरहरु कारदर दिल्लगी, दुलारी और दिल दिया दर्द लिया जस्ता फिल्मका निर्देशक तथा नायिकाहरुका रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

















