नेपालमा जस्तै भारतमा पनि सेन्सर बोर्ड र फिल्मीकर्मीको विवाद लामो समयदेखि चल्दै आएको छ । हालैमात्र फिल्म ‘एनएच १०’ र ‘बदलापुर’ फिल्मलाई सेन्सरले दु:ख दिएपछि अहिले यसको अस्तित्व माथि नै प्रश्न उठ्न थालेको छ ।बलिउडका सफल अभिनेता आमिर खानले सिधा भाषामा सेन्सर बोर्डको आवश्यकता नरहेको बताएका छन् । सेन्सर बोर्डले आजको दुनियाँमा यो हेर र यो नहेर भन्न नसक्ने आमिरको कथन छ ।
आमिरले स्मार्टफोन र इन्टरनेटको जमानामा मानिसहरुले कुनै पनि फिल्म हेर्न सक्ने भन्दै आमिरले सेन्सर बोर्डले रोकेर रोक्न नसक्ने बताए । उनले आफ्नो फिल्म ‘पीके’को उदाहरण दिंदै अहिलेको यूगमा मानिसले फिल्म हेर्ने चाहना जसरी पनि पुरा गरेको बताए ।
आमिरले मानिसले आँफै कुन हेर्ने र कुन नहेर्ने भन्ने कुरा छुट्टयाउन सक्ने भन्दै सेन्सर बोर्डको आवश्यकता नरहेको ठाडो जवाफ दिएका छन् । आमिरको यो कुराले सेन्सर बोर्डमा तरंग ल्याउने पक्का छ ।













