अभिनेत्री झरना बज्राचार्यले फिल्म सेफ ल्याण्डिङका निर्माता तथा व्यवसायी राहुल अग्रवालसँग सुटुक्क बिहे गरेकी छिन् । केहि बर्षदेखि राहुल अग्रवालसँग प्रेममा रहेकी झरनाले प्रेम विवाह गरेकी हुन् ।
मलेसियामा व्यापार गर्दै आएका राहुलसँग झरनाले गत बिहीबार दुई परिवार तथा आफन्तलाई साक्षी राखेर विवाह गरेकी हुन् । एक बिदेशी नागरिकसँग इङ्गेजमेन्ट गरेर ब्रेकअप समेत गरेकी झरनाले अन्ततस् राहुललाई जीवनसाथी रोजिन् ।
झरना र राहुलको भेट फिल्म सेफ ल्याण्डिङको सुटिङका क्रममा भएको थियो । अष्ट्रेलियामा फिल्म ुसेफ ल्याण्डिङको प्रिमियरका क्रममा झरनाले आफू राहुलसँग प्रेममा परेको खबर सार्वजनिक गरेकी थिइन् ।
पुर्ख्यौली थलो भारत भएपनि मलेसियामा जन्मेर हुर्केका मलेसियन नागरिक राहुल र पूर्व मिस नेपाल समेत रहेकी झरनाको वैवाहिक जीवनको सेफ ल्याण्ड होस्, हाम्रो शुभकामना













