
होस्टल र जेरीबाट स्टार बनेका अभिनेता अनमोल के.सी आफनो बुवा अभिनेता भुवन केसीले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ड्रीममा मुख्य भूमिका निर्वाह गर्ने भएका छन्।
भुवनले छोरा अनमोल के.सी का लागि अनस्क्रिन जोडी पनि खोजिसकेका छन् । भुवनले भने यो खबरलाई बाहिर नल्याए पनि विश्वासनिय सूत्र अनुसार भुवनको ड्रीममा अनमोलको मोडल साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधनेछन् ।
यस फिल्ममा इमेज च्यानलकी भिजे सन्ध्या केसीको पनि मुख्य अभिनय रहने खबर छ । अनमोलको जोडी भने साम्राज्ञीसँग जम्ने पक्का छ ।
सामिप्यराज तिमल्सिनाले लेखेको फिल्म ड्रीम ले प्रेमकथालाई प्रस्तुत गर्ने बताईएको छ । यो फिल्मको सुटिङ चैत्र पहिलो साताबाट शुरू हुने खबर छ ।













