
मुम्बई । अभिनेत्री एवं मोडल पुनम पाण्डेलाई बैंगलोरको एक स्थानिय अदालतले राहत दिएको छ । यी बोल्ड हिरोईन बिरुद्ध सन २०१२ मा धार्मिक भावनामा चोट पुर्याएको अभियोग लागेको थियो ।
एक विज्ञापनमा सेमी न्युड पोज दिएकी पुनम बिरुद्ध अदालतमा उजुरी परेको थियो । उत्तेजक तस्बिर खिचाएर भगवानको अपमान गरेको भन्दै उनि बिरुद्ध उजुरी परेको थियो ।
उनको बिरुद्धमा उजुरी परेपछि अदालतले दुई पटक उनलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तर, आजसम्म उनि अदालतमा उपस्थित भएकी छैनन् ।
पुनम अदालतमा उपस्थित नभएपछि अदालतले प्रहरीको सहयोग माग्यो तर, प्रहरीले पनि पुनमलाई नभेटेको जानकारी दियो पटक पटक ।
रमाईलो कुरो त पुनम कन्नड फिल्म ‘लभ ईज पाईजन’ को सुटिङ गरिरहेकी हुन्थिन् । उनको सुटिङ कहा भईरहेको छ आम सर्वसाधारणलाई थाह हुन्थ्यो तर, प्रहरीले आफुलाई पुनमवारे कुनै जानकारी नभएको रिपोर्ट पेश गर्थ्यो ।
पुनमले गम्भिर गल्ति नगरेको भन्दै न्यायधिश वेणुगोपाल गैडाले उनि माथीको अभियोग खारेज गरिदिएका छन् ।













