२९ चैत, काठमाडौं । प्रगतिशील लेखकहरुको साझा संगठन प्रगतिशील लेखक सङ्घको नयाँ नेतृत्व चयन भएको छ । आइतबार राति सम्पन्न दसौँ राष्ट्रिय सम्मेलनले प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको हो । सम्मेलनले सर्वसम्मत रुपमा ६९ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको हो ।
संघको केन्द्रीय नेतृत्वमा १७ पदाधिकारी र ५२ केन्द्रीय सदस्य रहेका छन् । यसैअन्तर्गत २३ जना सचिवालय सदस्य छन् भने सम्मेलनले ७० जनालाई राष्ट्रिय परिषद् सदस्य पनि चयन गरेको छ ।
संघको केन्द्रीय वरिष्ठ उपाध्यक्षमा राजबहादुर कुँवर, महिला उपाध्यक्षमा डा विन्दु शर्मा, प्रदेश उपाध्यक्षहरुमा मिश्र वैजयन्ती, रोशन जनकपुरी, डा कृष्णराज अधिकारी, खेम थपलिया, पदमप्रसाद शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट चयन भएका छन् ।
महासचिवमा आरएम डङ्गोल, वरिष्ठ सचिवमा पुण्य गौतम विश्वास, होमशङ्कर बास्तोला, प्रकाश सिलवाल, सरिता तिवारी र शोभा दुलाल, कोषाध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन् भने सचिवालय सदस्यहरुमा सङ्गीत स्रोता, कृष्णहरि भट्ट, राजु स्याङ्ताङ, लक्षिराम आचार्य, भागवत आचार्य र आरसी न्यौपाने चयन चयन भएका छन् ।














