ई. विकास पोखरेल
अहिले भारत विरोधी बन्ने होडबाजी चलेको छ, राष्ट्रियता झल्काउने नाममा, भारतीय टेलिभिजन प्रसारण रोक्ने, भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, भारतीय झन्डा जलाउने जस्ता आदि कार्यहरु भए गरेको हामीले दिनहुँ जसो सुन्ने, देख्ने गरेका छौं । यस किसिमका गतिविधी गर्ने गराउने आफू राष्ट्रप्रेमी भएको र उक्त गतिबिधीहरुको प्रचार प्रसार गरेर राष्ट्रियता देखाउनेहरुको लहरै चलेको छ आजभोलि।
प्रसङ्ग अघोषित नाकाबन्दी को हो । देशभित्र मधेसमा समस्या नभएको अवस्थामा भारतबाट नाकाबन्दी गरिएको भए भारतको यसरी बिरोध हुनु थप सान्दर्भिक हुने थियो । तर जहाँसम्म यो समस्याको पछाडि भारत एक मात्र कारण नभई हाम्रै देशभित्र तराई मधेसमा महिनौ चलेको आन्दोलन र बन्द जसको कारण तराई पहाडका आम जनताले हदै सम्मको सास्ती भोग्नु पर्दा समेत सरकार तथा शिर्षस्त नेताहरु गम्भिर नभई साम्रदाईकताको भावना फैलने सम्मको स्थिती सृजना हुनु पनि हालको समस्या नाकाबन्दी पछाडिको एक प्रमुख कारण हुनुपर्छ ।
हाम्रो आन्तरिक समस्याको समाधान प्रती भारतबाट कुनै पहल हुनु, चासो देखाईनु जरुरी पक्कै पनि होईन । तर नाका खुलाई सो मार्फत आपुर्ति सहज गराउन भारतबाट सहि भूमिका निर्वाह भने पक्कै पनि नभएकै हो । यस समस्याको कारण सिङो देशभर नै हाहाकरको स्थिती सृजना हुँदै गएको छ जसको समाधानको निम्ती आन्तरिक समस्या हल गरी भारत सँगको कुटनैतीक पहल अघी बढाउनु हो । भारतको बिरोध गरेर, टेलिभिजन प्रसारण बन्द गरेर, झन्डा र पुत्ला दहन गरेर, भारत सँगको सम्बन्धमा चिसोपना ल्याउनु तेती मुनासिब नहोला । यदि त्यस्तै कार्यलाई निरन्त्रता दिने हो भने हामि नुन, तेल, खाध्यान्य, फलफुल, लगाउने लुगादेखि चढ्ने गाडि, मोटर साईकल, सियोदेखि मनोरन्जनसम्मको लागि हामी छिमेकी भारतसँग भविष्यमा निर्भर हुने छैनौं भन्न सक्नु पर्दछ । ९५ प्रतिशत हाराहारीका हाम्रा सार्वजनिक सवारी भारतमा निर्मित हुन् । त्यसैले हाम्रो पर निर्भरता कम गर्न सर्बप्रथम विद्यमान समस्या समाधान गरी देशमा दिगो शान्ति कायम गर्दै औद्योगिक बिकासको नया युगमा प्रवेश गर्नु, र वार्षिक आयात निर्यातमा बेहोर्नु परेको ब्यापार घाटालाई कम गर्न अग्रसर हुनु हाम्रो अहिलेको प्रमुख आवश्यकता हो ।
छिमेकीहरु कोहि दूधले नुहाएका होईनन्, दुबै उस्तै उस्तै हुन् पर निर्भर होउन्जेल दुबैका आ-आफ्नो कुटनैतीक स्वार्थ हुन्छन् । यसमा देशको सार्बभौमसत्ता र नागरिकको स्वाभिमानमा आच आउने गरि छिमेकी कसैको सामु नझुक्नु सरकार एवं शिर्षस्त नेताहरु जिम्मेवारी हो । नेपाल र नेपालीको लागि चीन सङको नेपाल सम्बन्ध र भारत सङको सम्बन्धमा दुबै बेग्लै प्रकितिका र दुबै महत्वपूर्ण पाटाहरु हुन् । चीन सङको नेपाल सिमाना तिब्बत क्षेत्रमा मात्र छ। चिनको तिब्बत समस्या सामन्य होईन, जसको कारण हाम्रो सम्बन्ध सोझै बेजिङ संग हुन त्यति सहज पक्कै पनि छैन भने अर्कातिर एउटा तथ्य के पनि हो भने अधिकांश तराई भूभागमा बसोबास गर्ने नेपालीहरुको मामाघर, माईतीघर भारत हो । तसर्थ उनिहरु भौगोलिक तवरमा भारतसँग सास्कृति र सामाजिक रुपमा निकट मानिन्छन् जसले गर्दा भारत बिरोधि कुरा गर्नु गराउनुले उक्त भुभागका धेरै नेपालिहरुको मन नपर्नु स्वाभाविक होला । तराईमा अहिले आगो बलिरहेको छ हामी हिमाल पहाडमा बसोबास गर्नेहरु पानी बनेर आगो मथ्थर पार्ने कि उल्टै आगो बनी दन्किने, आज यस्तै सोचले नेपाल भित्रै नेपाली टेलिभिजन च्यानल बन्द गर्ने स्थिती सृजना भयो । हाम्रा बुद्धिमान नेताहरुले घुसपैठलाई स्थान दिए । अर्कोतिर तराईबाट धेरै नेपाली नारीहरुको बिहे छिमेकी भारतमा हुन्छ, महिला सशक्तिकरणको नाममा आमाको नामबाट नागरिकता बितरण गर्ने महान कदमले आज छिमेकी भारतका युपी बिहारका कैयौं नागरिक नेपालकका भान्जा भान्जीहरुले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्दा स्थिति झन् डर लाग्दो हुन सक्ने सम्भावना बढेको छ ।
भारतबाट उत्पादित अन्नहरुबाट बनेका परिकार खादा, भारतमा उत्पादित मोटर चढ्दा, भारतबाटै आयातीत तेल प्रयोग गर्दै, बिहे भोज सामाजिक कार्यमा हिन्दी गितहरुमा रमाउदा, मल्टिप्लेक्समा हिन्दी चल्चित्रहरु नबिराई हेर्दा र हिन्दी चलचित्रहरुले नेपालमा करोडौ ब्यपार गराउन योगदान पुर्याउदा खै हाम्रो राष्ट्रियता । के हामी अव उपरान्त ति सबैलाई नेषेध गर्न सक्ने अवस्था मा छौ यदि छै नौ भने यो सब के का लागि गर्दै छौ । राष्ट्रियता अर्काको बिरोध गरेर आउने त पक्कै होईन होला, तसर्थ एक जिम्बेवार नागरिक भई देश संकटबाट गुजृरहेको बेला सम्यमित हुनु र सकेसम्म आपसी भाईचारा र सद्भाव कायम गर्नु गराउनु नै साचो अर्थमा राष्ट्रियता हो । हामी अरुलाई औंला देखाउनुपूर्व एक चोटि विचार गरौं। एउटा औला अरुलाई देखाउदा तीन वटा आफुतिरै फर्केको हुन्छ । तसर्थ नेपाल र नेपालीको आत्मनिर्भरताको दिर्घकालीन योजना र सोको कार्वानोयन नहुन्जेल छिमिकी सँग सहयोग लिऔ, औध्योगिक बिकासमा लागौ, स्वदेश मै सियो उत्पादनको बातावरण बनाउ र सबै भन्दा पहिले तराईमा बसोबास गर्ने नेपालीहरु जो अहिले आन्दोलनरत छन् उनिहरुका सम्पूर्ण जायज माग बार्ता र सहमती कार्वानयन गर्दै सम्बोधन गर्दै एक नेपालीले अर्को नेपालीलाई गर्ने दमन, अत्याचार र हेपाह प्रबृतीको सदाको निम्ती अन्त्य गरौ । तराईका जनताहरुले यो आन्दोलन मार्फत बास्तवमा अरु केही चाहे नचाहे पनि एउटा आत्म सम्मान, समान हैसियता, बिगतमा सहनु परेको दमन अबका पुस्ताले सहनु नपरोस् भन्ने चाहना यो आन्दोलन मार्फत अभिब्यक्त भएको छ । त्यसैले अरुलाई गाली गरेर आत्म निर्भर भईन्छ भन्ने सोच बदल्नु र देश भित्रको समस्याको यथाशिघ्र समाधान खोजिनु अहिलेको वास्तविक आवश्यकता हो ।
bikaspokhrel@gmail.com













