नेपालमा बहुदलीय व्यवस्था पुनस्र्थापना गर्नमा होस् या दोस्रो जनआन्दोलनलाई सफल पार्न होस् कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले महत्वपूर्ण योगदान दिंदै आएका छन् । २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना हुँदा आफूहरुलाई जनताले काँधमा बोकेर सम्मान गरेको अहिले पनि सम्झन्छन् मदनकृष्ण श्रेष्ठ । २०४६ सालको परिवर्तनपछि देखिएको विकृतिले निराश भएका मह जोडीहरुले अन्ततः जनताको लोकतान्त्रिक आन्दोलनमा उपचार कोष नै खडा गरेर सहयोग गरे ।
लोकतन्त्र स्थापना भएको दश वर्ष पुग्न लाग्दा पनि देशले नयाँ संविधान पाउन नसकेको तर हत्या हिंसाले बढावा पाएकोप्रति मदनकृष्ण श्रेष्ठले लेखेका छन् :
‘अशान्ति अधर्म, अराजकता, अमानवीयता, अन्यौल तथा अविकसित वातावरणका मुख्य कारण अपरिपक्व राजनितीज्ञहरुको अदूरदूर्शी सोचाइ र कार्यविधी नै हो। यस्मा कुनै शंकै छैन। यो हामी नेपीलीहरुका लागि भयंकर दुर्भाग्यपूर्ण परिस्थीति हो।’
पत्र शेयर गर्दै मदनकृष्णले थप लेखेका छन् :
‘तल उतारिएको चिठ्ठी अशिश्मा नकर्मिको पेजबाट कपी पेष्ट गरिएको हो। जुन धेरै नेपालीको मनमा परी सक्यो।’
पत्रमा उल्लेखित भनाइ मदनकृष्णकै नभए पनि उनले यसमा समर्थन जनाउँदै शेयर गरेका कारण हामीले पनि यहाँ प्रस्तुत गरेका हौं । हेर्नुहोस् : हस्तलिखित पत्र जस्ताको तस्तै














