६ साउन, काठमाडौं । केही दिनदेखि अन्तर्राष्ट्रिय बजारमा नै आरोलो लाग्दै आएको सुनको मूल्यमा बुधबारसम्म आइपुग्दा नेपाली बजारमा भारी गिरावट आएको छ।
नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला ४८ हजार रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, बुधबार तेजावी सुन प्रतितोला ४७ हजार ७ सय ५० र चाँदी प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य ४ वर्षयताकै न्यून हो। चार वर्षअघि २०६८ साल साउन २३ गते सुनको मूल्य ४७ हजार ५ सय रुपैयाँमा ओर्लिएको थियो। त्यसयताको सबैभन्दा कम २०७० साल असारमा पनि सुन प्रतितोला सुनको मूल्य ४८ हजार १ सय रुपैयाँमा झरेको थियो।
हालै प्रस्तुत चालू आर्थिक वर्षको बजेटले सुनमा लाग्दै आएको भन्सार शुल्कमा प्रतितोला १ हजार रुपैयाँ घटाइएको र अन्तरराष्ट्रि बजरमा सुनको मूल्य घटेकोले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको विष्लेषकहरुले बताएका छन्।
अन्तराष्ट्रिय बजारका लगानीकर्ताहरुले सुनभन्दा अन्तराष्ट्रिय कम्पनीका शेयरमा लगानी केन्द्रीत गरेपछि सुनमा लगानी गर्नेको संख्या घटेको र त्यसले सुनको मूल्यमा गिरावट ल्याएको बताइएको छ।













