२ पुस, काठमाडौं । देशभरका जनताले तिहारमा लगाउनेभन्दा दुईगुणा बढी माला नेताहरुले उपयोग गरेका छन् । प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनका क्रममा दलका नेताहरुले चुनाव प्रचारमा जाँदादेखि विजयी हुँदासम्म गलामा माला टुटाएनन् । नेताहरुले विगत दुई महिनामा यति धेरै माला लगाएछन् कि सबैभन्दा बढी फूलको व्यापार हुने तिहारको मौसममा भन्दा करिब २ गणा बढी फूलको व्यापार भएछ ।
तिहारमा बढी बिक्री हुने सयपत्री फूलको कारोबार भने तिहारको समयभन्दा झन्डै दोब्बरले बढेको कारोबार दैनिकले उल्लेख गरेको छ ।
सयपत्री फूलमात्रै नभएर नेताहरुको स्वागतका लागि सहरदेखि गाउँसम्म गोदावरी फूलको कारोबार समेत बढेको थियो ।
फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार चुनावी कार्यक्रमको एक महिनामा करिब २ करोड ५० लाख रकम बराबरको मालाको कारोबार भएको छ ।