५ पुस, काठमाडौं । सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि २ पल्ट पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निर्वाचनपूर्व मूल्यवृद्धि गरे पनि निर्वाचनमा नकारात्मक असर पर्ने ठानी मूल्यवृद्धि फिर्ता लिएको कांग्रेस नेतृत्वको सरकारले निर्वाचनमा पराजय भएपछि भने लगातार मूल्यवृद्धि गर्दै आएको हो । दोस्रो चरणको निर्वाचन सकिएर मतगणना सुरु भएसँगै सत्तारुढ गठबन्धन पराजित हुने देखिएपछि मंसिर २२ गते सरकारले इन्धनको मूल्य वृद्धि गरेको थियो ।सरकारले १५ दिनको अन्तरमा दुईपल्ट मूल्यवृद्धि गरेरको हो ।
गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा एकएक रुपैयाँले मूल्यवुद्धि गरिएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७८ रुपैयाँ भएको छ ।