१९ असार, अष्ट्रेलिया । गैर आवाशीय नेपाली संघ अष्ट्रेलियाको नयाँ नेतृत्व चयनको चुनावी प्रक्रिया शुरु भएको छ । संघको अध्यक्ष पदका लागि चुनावी मैदानमा भरत पोखरेल र सुरेन्द्र सिग्देल उत्रिएका छन् । अष्ट्रेलियाको समय अनुसार विहान ८ बजे देखि नै नेपालीहरु सबै राज्यका राजधानीका एनआरएन चुनावका लागि निर्धारित स्थानहरुमा जम्मा भएका छन् । चुनावी वाहनामा एकत्रित भएका अष्ट्रेलिया निवासी नेपालीहरुको बीचमा गहिरो सद्भाव र मित्रता देखिएको छ ।
अन्य समयमा नेपालीले नै नेपालीको खुट्टा तान्ने प्रवृत्ति अष्ट्रेलियामा बाराम्बार देखिने भए पनि यतिवेला भने जो निर्वाचित भए पनि नेपाली समुदायको सेवा गर्ने प्रतिबद्धता उम्मेदवारहरुले ब्यक्त गरिरहेका छन् । अध्यक्षका उमेद्वार बनेका भरत पोखरेल र सुरेन्द्र सिग्देल लगायत सबै उम्मेदवारहरुले चुनावी मैदानमा नै मत मागिरहेका छन् । झन्डै ७० हजार नेपालीहरु रहेको अस्ट्रेलियाको ६ राज्यमा एकैसाथ मतदान हुँदैछ । संघमा ५ हजार मात्र मतदाता रहेको बताइएको छ ।













