१८ असार, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका र वरिष्ठ उपाध्यक्षमा भवानी राणा निर्वाचित भएका छन् । दुवै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
मुरारका पनि सर्वसम्मत अध्यक्ष शुक्रबार नै घोषणा भएका हुन् । अध्यक्षका प्रत्यासी राणा र भाष्करराज राजकर्णिकारले उम्मेद्वारी फर्ता लिएपछि मुरारका सर्वसम्मत अध्यक्ष भएका हुन् । अध्यक्ष सर्वसम्मत गराउने क्रममा राणालाई बरिष्ठ उपाध्यक्ष बनाउने समझदारी भएको थियो ।
अध्यक्षमा पशुपति मुरारका निर्विरोध भएपछि शुक्रबार बसेको कार्यसमिति बैठकले बरिष्ठ उपाध्यक्षको निर्वाचनको मिति शुक्रबार नै निर्धारण गरेको थियो । निर्वाचन समितिले निर्धारण गरेको मसय तालिकामा राणाको मात्रै उम्मेद्वारी परेपछि उनी सर्वसम्मत बरिष्ठ उपाध्यक्ष भएकी हुन् । सर्वसम्मत घोषणा गरेलगत्तै पदस्थापन गरेको अध्यक्ष मुरारकाले बताए । कार्यसमिति बैठक सकिसकिएको र बरिष्ठ उपाध्यक्षलाई पदस्थापन गराउने काम समेत सम्पन्न भएको अध्यक्ष मुरारकाले जानकारी दिएका छन् ।













