१६ जेठ, काठमाडौं । सरकारले पुर्नस्थापना र पुर्ननिर्माणका लागि प्राप्त हुने वैदेशिक सहायता जथाभावी खर्च गर्नमा रोक लगाएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सहयोग परिचालन निर्देशिका’ पारित गरेको छ ।
निर्देशिकामार्फत सरकारले सहयोगदातालाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा नगदै सहायता प्रदान गर्न प्रोत्साहित गर्ने नीति लिएको छ । निर्देशिकामा सहायता परिचालनका १६ बुँदा समेटिएको नयाँ पत्रिकामा खबर छ ।
अब भूकम्पपीडितका लागि सहायता उपलब्ध गराउन इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, परोपकारी संस्था, कम्पनी र व्यक्तिले सरकारसँग सम्झौता गरेर मात्र सहयोग परिचालन गर्न पाउनेछ ।












