३ पुस, काठमाडौं । आफूलाई भावी प्रधानमन्त्रीको दावी गर्दै कैलालीबाट निर्वाचन लडेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा पराजयको पीडाले भारत पुगेको खबर सार्वजनिक भएको छ । आफ्नो र आफ्ना पति नेतृत्वको दल कांग्रेस पराजित भएपछि आरजु भारतको दिल्ली पुगेको खबर आजको साँघु साप्ताहिकले प्रकाशित गरेको छ ।

चुनावी हारपछि विछिप्तप्रायः बनेकी तिनै आरजु धनगढी, महेन्द्रनगर र बनवासा हुँदै सुटुक्क भारतको नयाँ दिल्ली पुगेर फर्केको खबर सो साप्ताहिकले लेखेको हो ।
स्रोतका अनुसार, ०७४ मंसिर २३ गते आरजु धनगढीबाट वनवासा हुँदै नयाँ दिल्ली पुगेकी हुन् ।
एमालेका नारदमुनि रानासंग फराकिलो मतान्तरमा पराजित भएकी आरजु हारको पीडा सहन नसकेर हो या अरु कुनै कारणले त्यता गएकी थिइन् भन्ने कुरा रहस्यकै विषय बनेको छ ।












