१७ साउन, काठमाडौं । गत वर्षमा पूँजी बजारमा ८६ करोड कित्ता सेयर थपिएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ४० दशमलव ८७ प्रतिशतले बढी हो ।
गत असारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ अर्ब ९६ करोड ५८ लाख ८४ हजार कित्ता सेयर सूचीकृत भएको खबर आजका कान्तिपुरमा खबर छ ।
आर्थिक बर्ष २०७२/७३ को अन्त्यमा सूचीकृत सेयर संख्या २ अर्ब १० रोड ५४ लाख कित्ता थियो ।














