विनोद रोक्का
(अधिवक्ता)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजबिना अमेरीकामा बसोबास गरिरहेका करोडौं आप्रवासीहरु ट्र देशबाट निष्काशन गर्ने चिन्तामा डुब्न थालेका छन। आप्रवासीहरुको ज्यादा बसोबास रहेका शहरमा ट्र्म्पले जितेको दिनदेखि नै उनको विरोध गरिरहेका छन। ओबामा प्रशासनले कागजबिहिन आप्रवासीका नानीहरुलाई दिएको अस्थायी डापा र अन्य सुविधा खारिज गरेर असल आप्रवाशीहरुलाई देश निष्काशन गर्न पाईदैन भन्ने आवाजहरु उठाइरहेका छन्।
ट्र्म्पले आफनो प्रशानसमा न्याय विभाग र आप्रवाश सम्वन्धि नितीमा काम गर्न मनोनित गरेका व्यक्ति, सल्लाहकार र कार्यदलका सदस्यको नाम हेर्दा ऊनीहरुले आप्रवाश सम्वन्धि नितीलाई अझ कडा बनाऊने छन् भन्ने अनुमान गर्न थालिएको देखिन्छ।
ट्र्म्पले चुनावको सुरुको समयमा सबै कागजविहिन आप्रवाशीहरुलाई देश निष्कासन गर्ने नारा सारेका भए पनि पछिल्लो समयमा आएर यसरी देश निष्कासन गरिनेहरुमा आपराधिक गतिविधिमा लागेका आप्रवाशीहरु प्राथमीकताको सुचिमा पर्नेछन भनि संशोधन गरेका थिए।
राष्ट्र्पती पदमा निर्वाचित भएपछि उन्ले सिबिएसलाई नोभेम्बर १४, २०१६ मा दिएको अन्तरवार्तामा अपराधिक कार्यमा संलग्न रहेका, लागु औषधको कारोबार गर्ने, र अपराधिक समुहमा लागेका करिब २० देखि ३० लाख आप्रवाशीहरुलाई जेलमा राख्ने र देश निष्काशन गरिने छ‘ भनेका छन।
२०१५ मा माईग्रेशन पोलिसी ईन्स्टीटुयटले अमेरीकामा १ करोड १० लाख कागजबिहिनी आप्रवाशीहरु रहेका अनुमान गरेको छ। ती मध्ये तीन लाख अदालतबाट १ बर्ष भन्दा माथीको सजाय पाएका फेलोन अपराधिहरु र ३ लाख ९० हजार भने १ बर्ष भन्दा कम सजाय पाएका अपराधिहरु रहेका छन। तर ट्र्म्पले दिएको आकडा भने अमेरीकी अद्यागमन बिभागले २०१३ मा तयार पारेको प्रतिवेदनमा आधारित रहेको अनुमान गरिन्छ। जस अनुसार १९ लाखको संख्यामा आपराध गरेका कारणले देश निष्कासन गरिनु पर्ने आप्रवाशीहरु रहेका छन। भने ८ लाख ७० हजार अदालतको फैसलाबाट देश निष्कासनको आदेश भएता पनि अमेरीकामा नै बसीरहेका छन।
एलए टाईम्सका अनुसार ट्र्म्पलाई सल्लाह र सहयोग गर्ने टिममा रहेका व्यक्तिहरुले विशेष गरेर अपराधिक कार्यमा संलग्न रहेका आप्रवाशीहरुलाई देशि निष्कासन गर्ने योजना तयार पारिरहेका छन। अमेरीकी अद्यागमन अधिकारीहरुको भनाई अनुसार प्रति बर्ष ४ लाखको संख्यामा यस्ता आप्रवाशीहरुलाई देश निष्कासन गर्ने क्षमता उनीहरुसंग छ। किनकि ओबामा प्रशासनले पनि २०१२ मा यतीनै संख्यामा देश निष्कासन गरेको थियो। अमेरीकी कांग्रेशले अतिरिक्त बजेट नदिएको अबस्थामा २० लाख आप्रवाशीहरुलाई देश निष्कासन गर्न ५ बर्षको समय लाग्नेछ।
ओबामा प्रशासनले २०१२ मा ल्याएको डापाको अस्थायी सु्विधा अन्र्तगत अमेरीकामा बस्न, पढन, र काम गर्ने अनुमती पाएका कागजविहिन आप्रवाशीका नानीहरुले संख्या ६ लाख ६५ हजार रहेको छ। ट्र्म्पले आफु राष्ट्र्पती भएको खण्डमा यो योजना खारिज गर्ने नारा दिएको थिए। जस्को कारणले गर्दा उच्च शिक्षा हासिल गरिरहेका मेधावी विद्यार्थी र कामदार डापाहरु आफनो भविष्यलाई लिएर चिन्तीत भै रहेका छन। त्यस्तै आपराधिक गतिविधिमा संलग्न नरहेका कानुनको पालना गर्ने श्रमजीवी कागजबिहिन आप्रवाशीहरु पनि देश निष्कासनमा परिएला भन्ने पिरमा छन।
ट्र्म्प प्रशासनले २० जनवरी २०१७ बाट आफनो कार्य प्रारम्भ गर्ने छ। त्यो भन्दा अगाडी नै डिसेम्बर २७, २०१७ मा टिपिएसको निवेदन दिने म्याद सकिन्छ। डापा लगायतका कतिपय अस्थायी सुविधा पाईरहेका नेपालीहरुले टिपिएसको सुविधा लिदा राम्रो हुने अवस्था पनि रहन सक्दछ। टिपिएसको सुविधा पाऊनका लागि पुग्नुपर्ने अन्य मापदण्डका अतिरिक्त २४ जुन २०१५ सम्ममा अमेरीकामा आई निरन्तर रुपबाट अमेरीकामा बसोबास गरिरहेको हुनु पनि पर्दछ। यो अस्थायी सुविधा जुन २४, २०१८ सम्म अर्थात १८ महिनाका लागि रहने छ।
ट्र्म्पको प्रशासनले आफनो कार्यकाल औपचारी रुपले सुरु गरेपछि मात्रै बास्तविक निती के आऊछ भनि थाहा पाऊन सकिन्छ। चुनावको सुरुमा सबै कागजबिहिन आप्रवाशीहरुलाई निष्कासन गर्ने नारा दिएपनि पछिल्लो समयमा ट्र्म्प र उन्का सहयोगीहरुले दिएको अन्र्तवार्ता हेर्दा निष्काशनको पहिलो चरणमा अपराध गरे वापत अदालतबाट दोषि ठहरिई देश निष्कासनको आदेश भै सकेका आप्रवाशीहरु पर्ने सम्भावना बढी देखिन्छ। यो निती ओबामा प्रशासनले पनि अपनाई रहेको छ। र यही नितीको कारणले २००९ देखि २०१५ सम्ममा ओबामा प्रशासनले २४ लाखको संख्यामा देश निष्कासन गरि सकेको छ।
अपराध गरे वापत सजाय पाएका र देश निष्कासनको आदेश भएका आप्रवाशीहरुलाई खोज्दा अन्य कागजबिहिन आप्रवाशीहरु पक्राऊमा परे भने थुनामा पर्ने, देश निष्कासनका लागि अदालतमा उपस्थित हुने व्यहोराको सुचना पाऊने, र प्रतिरक्षाका लागि कुनै आधार देखाऊन नसक्दा देश निष्कासनको फैसला भै अन्तत अमेरीकाबाट निष्कासीत हुने सम्भावना पनि रहन सक्दछ। किनकि ओबामा प्रशासनले अपराध गर्ने कागजबिहिन आप्रवाशीहरुलाई देश निष्कासन गर्दा पक्राऊ परेर देश निष्काशनमा परेका निरपराधिक आप्रवासीहरुको संख्या पनि झण्डै आधाजस्तै रहेको थियो।
तसर्थ अपराधीक गतिविधिमा संलग्न नरहेका व्यक्तिहरुले पनि आफु चनाखो हुनु पर्दछ। हल्लाको भरमा भन्दा पनि आधिकारीक निकाय, अद्यागमन वकिल, र अद्यागमनको क्षेत्रमा काम गर्ने इजाजत प्राप्त विश्वसनिय संस्थाहरुको सम्पर्कमा रहनु उचित हुन्छ। किनकि दलाल, नोटरी, ठग, र गैर वकिलबाट यस्तो समयमा कागज बनाई दिने मीठो आस्वासन दिएर पैसा लिने सम्भावना बढी रहन्छ।
(प्रस्तुत लेख तपाईको जानकारीको लागि मात्र तयार पारिएको हो कानुनी परामर्शका लागि होइन । – लेखक)














