५ श्रावण काठमाडौ । थाइल्याण्डको प्रसिद्ध फेशन ब्राण्ड अरोमाले राजधानीको चावहिलमा शोरूम विस्तार गरेको छ ।
विगत दुईवर्षदेखि राजधानीको उत्तरढोकाबाट सञ्चालित अरोमा फेशन एण्ड टेक्नोलोजीले नेपालभर बजार विस्तार गर्ने योजनाअनुरुप शोरूमको विस्तार गरेको हो । शोरुमको उद्घाटन हिन्दू विद्यापिठका डा. चिन्तामणि योगी, धार्मिक माता सपना, गायक आनन्द कार्की र कम्पनीका सञ्चालक अरूणराज भट्टराईले संयुक्त रूपमा गरे ।
शोरूम उद्घाटन गर्दै अरोमा कम्पनीका सञ्चालक अरूणराज भट्टराईले थाईल्याण्डमा उत्पादित विश्वप्रसिद्ध फेशन ब्राण्ड अरोमाका सामाग्रीलाई देश व्यापी बनाउने उदेश्यले हामी बजार विस्तार गर्दै लैजाने बताए ।
सबैखाले फेशनेवल लेडिज तथा जेन्ट्स् सामग्री विक्री वितरण गर्दै आएको अरोमाले निकट भविष्यमै अरोमाका कस्मेटिक, इलेक्ट्रिोनिक्स् तथा अन्य खाले सामाग्री भित्र्याउने जनाएको छ । नयाँ शोरूमबाट होलसेल, रिटेल र कष्टमाईजका सबै सेवा प्रदान गर्ने बताइएको छ ।
अरोमा थाईल्याण्डमा रहेको बहुराष्ट्रिय कम्पनी हो । यसका उत्पादनहरुको बजार युरोप र एशियामा बढी रहेको कम्पनीको दावी छ । कम्पनीले फेशनेवल तथा ब्राण्डेड सामानका युवालाई लक्षित गर्दै यही वर्षभित्र नेपालका विभिन्न १५ स्थानमा शो–रूम विस्तार गर्ने जनाएको छ । एकहप्ताभित्रै अर्को शोरुम ललितपुरमा विस्तार गरिने कम्पनकिो भनाई छ । यसैबिच कम्पनीले शोरूम सञ्चालनको उपलक्ष्यमा हरेक किसिमको सामाग्री खरिदमा ३० प्रतिशत छुटको घोषणा समेत गरेको छ ।














