२० असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम यात्रु संख्याका आधारमा नेपालमा उडान गर्ने एयरलाइन्समध्ये पहिलो भएको छ ।
गत बर्ष सन् २०१६ मा नेपाल एयरलाइन्सले कतार एयरलाइन्सलाई उछिन्दै सबैभन्दा बढी यात्रुलाई सेवा दिएको छ ।
यस बर्ष निगमले अन्तर्राष्ट्रिय उडानतर्फ ३ लाख ८४ हजार २७ यात्रुलाई सेवा दिएको छ ।
निगम पछि कतार एयरवेजले ३ लाख ४१ हजार ७ सय ६४ यात्रुलाई सेवा दिएको तथ्यांक छ ।