लोकतन्त्रमा कसैको हार वा जित हुदैन गिरीजा प्रसाद कोइरालाको यस माहावाणीलाई आत्मसाथ गर्दै आज भन्दा प्रन्ध्र वर्ष अगाडी नेपालको सबै भन्दा ठूलो विद्यर्थी संघठन नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनिती प्राररम्भ गर्दै गर्दा यो विचार हरुले मेरो मानस पठलमा बसोवास गरिसकेको थियो । इनजिन्यरीङ्ग समूहको विद्यर्थीले राजनिती गर्दा समाजको हेर्ने द्रिष्टीकोण त्यती सहज र सरल नभएता पनि समाजको हरेक विव्रmती र विसंगती संग लडने कसम खाइसकेको थिए । धर परिवारले म संग अपेक्षा गरेको अनुसार अध्ययन पस्चात सरकारी वा गैर–सरकारी जागिर र त्यस बाट पर्याप्त आय आर्जनको ती तमाम इच्छा अांकाक्षालाई तिलान्जली दिदै जन–आन्दोलन–२ मा सक्रिय सहभागिता जनाए ।
विभिन्न सभा र आन्दोलनको कार्यव्रmममा पुलिसको बुट र लाठी उपहार पाउनु विद्यार्थी राजनितीको प्रमाण पत्र मैले पनि प्राप्त गर्ने सौभाग्य नपाएको होइन । घर–परिवारको इच्छा आकांक्षाहरुलाई सूलीमा चढाउदै गर्दा विद्यार्थी राजनिती बाट न्याय पाइन्छ र अवश्य गन्तब्यमा पुगिन्छ भन्ने मेरो विस्वासमा रत्तिभर कमि आएन । विद्यार्थी संगठन निर्माण गर्दा अहोरात्र खटिरहदा विभिन्न किसिमको दुःख कष्ठ भोग्नै पर्यो । आर्थिक रुपमा गरिब परिवारको सदस्य भएमा नाताले झन दुःख माथि दुःख त थपिनु नै थियो ।
लोकतन्त्रको स्थापना एक मात्र उदेश्यका साथ आन्दोलनको मैदानमा उत्रिदा ती तमाम दुःख र कष्ठहरु झिना मसिना जस्तै लाग्थ्यो । अन्धकार पश्चात उज्यालो अवश्य हुन्छ विज्ञानको विद्यार्थी भएको नाताले मलाई विश्वास थियो निरंकुँशताको अन्तय हुन्छ र लोकतन्त्रको आगमन हुनेछ । जे सोचेको थिए त्यही भयो उन्नाइस दिने आन्दोलन पश्चात लोकतन्त्रको स्थापना भयो । लोकतन्त्र स्थापना संगै घोषित संविधान सभा निर्वाचनका लागि टुक्रिएको पार्टी एकिकरणको हल्ला फैलिएको थियो । ति हल्लाको विचमा नेपाल विद्यार्थी संघको १० औं महाघिवेसन चितवनमा नेपाली काँगे्रस निकट र नेपालगंजमा नेपाली काँग्रेस प्रजातन्त्रीक निकटको सम्पन्न भयो ।
चितवन अधिवेशन बाट प्रदिप पौडयाल र नेपालगंज बाट कल्याण गुरुङ्ग अध्यक्ष निर्वाचीत भए । संविघानसभा निर्वाचन केही समय अघि यि दुई संगठनका मातृ पार्टीको एकिकरण पश्चात यी दुई संगठन पनि एकिकरण भयो । एकिकृत ने.वि संघको अध्यक्ष प्रदिप पौडयाल भए । २०६४ सालमा सम्पन भएको महाधिवेशन विधान तह दुई वर्षमा हुनु पर्ने थियो । विभिन्न कारणले अधिवेशन हुन सकेन र अन्नतः २०६८ सालमा प्रदिप पौडयालको समितीलाई पार्टीले विघठन गरिदियो । अधिवेशनको हाम्रो चाहानालाई तुषारापात गरिदियो ।
प्रदिप पौदयाललाई विघठन गरि रन्जीत कर्णलाई अध्यक्ष सहित माहाधिवेशन तैयारी समिती गठन गरियो । त्यो जिम्मेवारी पुरा गर्न कर्ण समितीलाई चार वर्ष लाग्यो । वाद–विवाद विच अधिवेशन सम्पन्न भयो । फज्री मतदाता विच अधिवेशनलाई मूर्त रुप दिइयो । अनशनको नाममा अराजक गतिविधीलाई वैघानिकता प्रदान गरियो । अनेकन गलत क्रियाकलाप र कुर्कम पश्चात अघिवेशन मतदान सम्म पुग्यो । यी सबै गलत क्रियाकलापलाई पनि लोकतन्त्रमा क्षम्य भन्दै अधिवेशनमा सहभागीको घोको पूरा गर्ने अवसरको रुपमा लियौ ।
पार्टीलाई गतिशील बनाउने उत्तम माध्यमको रुपमा लियौ । आफ्ना सबै स्वार्थलाई त्याग गर्यौ । लोकतन्त्रमा कसैको हार वा जित हुदैन भन्ने मान्यतालाई आत्मसाथ गरी अगाडी बढयौं । संगठनको जितलाई पहिलो स्वार्थ बनायौ । अधिवेशनको निर्वाचन प्रकृयाहरुको सूरुवात संगै गुटहरु निर्माण तिव्र रुपमा अगाडी वढीरहेकै थियो । कोइरालाहरु संग नजिक रहेको कारणले स्वभाविक रुपमा म पनि गुठको टिकट लिने प्रतिस्पर्धामा उत्रिए । काँगे्रसको राजनिति गदै गर्दा गुटको सदस्यता महत्वपूर्ण हुन्छ । म प्रदेश नम्बर – दुई बाट महाधिवेशन प्रतिनिघि भएकोले उक्त प्रदेश बाट नै प्रदेश उपाध्यक्षको उम्मेदवारी घोषणा गरेको थिए ।
मेरो उपाध्यक्ष पदको उम्मेदवारीमा उक्त प्रदेशको आठ जना ने.बि. संघको केन्द्रीय सदस्यहरुको साथ र सहयोग प्रप्त थियो । म ने.बि. संघको कार्यकर्ता भएकोले ने.बि. संघको जिल्ला सभापतिहरु कलेज ईकाई सभापती र केन्द्रीय नेत्रित्वको सम्पर्कमै वसेर संगठनको मर्म र भावना अनुसार कार्य गर्दै थिए । यहि नै मेरो ठूलो भुल थियो । नेपाली काँगे्रसका भातृ संगठनको राजनीती गर्दै गर्दा मातृ पाटीको नेत्रीत्वको चाकडी र चापलुसी गर्नु पर्छ भन्ने सुनेको थिए तर विस्वास लागेको थिएन । यही मेरो लागी घातक सावित भयो ।
गुठ निर्मानको जिम्मेवारी पार्टी नेतालाई पो दिइने प्रचलन रहेछ । विद्यार्थी नेताहरु त ति पार्टीका नेताहरु सामू निरिही नै हुने रहेछ । उनिहरु निरिही हुदा हामी जस्तो पार्टीमा पहँुच नहुनेहरु राजनितीक रुपमा सहिद वनदो रहेछन् । गुठ निमार्णको जिम्मेवारी आन्नद ढूङ्खाना जस्तो नेताले पाएत झन विद्यार्थी राजनितिको मर्म र भावना बलात्कृत नै हुदोरहेछ । ढूङ्खाना थरका यी बुढा नेता आफुलाई पौडयाल गुटका एकल ठेकेदार नै समझीदो रहेछ । अन्याय र अत्याचार गर्न रतीभर पनि नझसकिने यि बुढा सँग कसैले प्रतिवाद गर्ने ताकत र साहास पौडयाल गुटमा राख्दैन रहेछ ।
ने.बि सँघको सम्पूर्ण के्रन्द्रीय सदस्यहरुको सुझाव र सल्लाहलाई तिलान्जली दिदै यि बुढा प्रदेश ठेकेदारले आफ्ना जिल्लाका गुट उम्मेदवारको टिकट दिए । गुटको टिकट दिदै गर्दा यि सामन्ती सोचका बुढाले के सोचेका थिए भने विद्रोह गर्ने आट कस्को ? तर चट्टानी अडानका म जस्तो सँग फेला परेका थिए यि ढूङ्खाना । म पनि आफ्नो समर्थकहरुको सहयोगमा उम्मेदवारी दर्ता उपाध्यक्ष मै गराए । पौडयाल गूठका ढूङ्खनावादी उम्मेदवार भन्दा दोब्बर बढी मत प्रप्त गरे तर पराजित भए । गुटको टिकट नपाउदा पराजित हुने निश्चित नै थियो । पराजित हुदै गर्दा पनि म गर्व महसुस गर्दै छु । ठेकेदारलाई ठेगान लगाएर भावि पुस्तालाई यि ठेकेदारहरुको हस्तक्षेप बाट मूक्त ने.बि. संघ निर्माणमा सहयोग पुग्नेछ ।













