१४ असार, काठमाडौं । नेपाली कामदारले अत्यधिक समस्या झेल्ने मलेसियामा श्रम मन्त्री दीपक बोहोराको नेतृत्वमा त्यसतर्फ गएको टोलीले मलेसिया सरकारसँग वार्ता र परामर्श गरिरहेका छन् । मन्त्री बोहोरासहित सरकारी अधिकारी र वैदेशिक रोजगार व्यवसायीहरुको दश सदस्यीय टोलीले मलेसिया सरकारसँग परामर्श गरेको हो । मलेसियामा नेपाली कामदारले भोग्दै आएका समस्या, पारिश्रमिक, तथा स्वास्थ्य परीक्षण प्रणालीलगायतका विषयमा मलेसिया सरकारसँग छलफल भैरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले जानकारी दिएका छन् ।
सोमबार साँझ मलेसियातर्फ गएको टोली आगामी विहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
तस्वीर : रमा भट्टराई














