३० चैत, काठमाडौं । अमेरिका निवासी नेपाली युवाले संचालन गरेको जीवनसाथी खोजिदिने कम्पनीले नेपाली नयाँ वर्षमा निःशूल्क सेवा दिने घोषणा गरेको छ । नेपालीविवाहडटकम का संचालक आशुतोष श्रीवास्तवले विज्ञप्तीमार्फत नेपाली नयाँ वर्षमा निशूल्क सेवा दिन लागेको जानकारी दिएका छन् ।
अमेरिकाबाट संचालित तर विश्वभरका नेपालीहरुको लागि जीवनसाथी खोजिदिने यो साइटले समस्त नेपालीहरुका लागि विशेष उपहारका रुपमा निशुल्क सेवा ल्याइएको जनाएको छ । नेपालीविवाहडट कम वेभसाइटमा लग इन गरेर प्रोमो कोड दर्ता गर निशूल्क सेवा लिन सकिने श्रीवास्तवले जानकारी दिए ।
के हो नेपालीविवाहडटकम ?
स्वदेश विदेश जहाँसुकै रहे बसेका नेपाली हरुले आफ्ना आवश्यकता र चाहना अनुसारका वर वा वधु खोजेर रोजेर विवाह गर्न सक्ने माध्यम हो नेपालीविवाहडटकम। कसलाई कस्तो योग्यता , दक्षता भएको र कुन ठाउँको वासिन्दा जीवनसाथीका रुपमा आवश्यक छ भन्ने कुराको जानकारी साइटले आदानप्रदान गरेर पारस्परिक सम्पर्कद्वारा उत्तम वैवाहिक सम्बन्ध बनाउन सहज हुने दावी सो साइटको छ।
आजको प्राविधिक अनि व्यस्त जीवनशैलीमा हरेक व्यक्ति व्यस्त हुने भएकोले पुरातन शैलीमा विवाह गर्न सबैलाई सम्भव नहुने भएकोले आधुनिक विकल्पका रुपमा यो व्यवस्था गरिएको संचालक श्रीवास्तवले जानकारी दिए ।














