७ मंसिर, अमेरिका । बालिकाहरुमाथि यौन दुर्व्यवहारको आरोपमा अमेरिकाको ओरेगन निवासी ५१ वर्षीय तेक्वान्दो प्रशिक्षक शुद्धोधनमान रञ्जितलाई पक्रेर प्रहरीले वाशिङ्गनको काउन्टी जेलमा हालेको हो । उनले तीन बालबालिकामाथि यौन दुव्र्यव्यवहार गरेको र उनलाई अदालतमा पेश गरिएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।
ओरेगनको बेभर्टनस्थित साउथर्न पार्क वेमा युएस वर्ल्ड क्लास तेक्वान्दो प्रशिक्षण चलाउँदै आएका उनीमाथि १४ वर्षमुनिका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । उनीसँग साढे ७ लाख अमेरिकी डलर धरौटी मागिएको छ ।
छैटौं डन ब्लाकबेल्ट प्राप्त उनी नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी समेत हुन् ।
हेर्नुहोस् भिडियो पनि :