३० असार, नयाँ दिल्ली । एमाओवादी अध्यक्ष तथा पुर्बप्रधानमन्त्री प्रचण्ड र भारतीय बिदेशमन्त्री सुष्मा स्वराजबीच हैदरवाद हाउसमा भेटवार्ता भएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रबक्ता बिकास स्वरुपले ट्वीट गर्दै नेपालका सबैपक्षसंग सम्बन्ध कायम गर्ने उदेश्य अन्तगर्त विदेशमन्त्र स्वराजले प्रचण्डलाई भेटेको उल्लेख गरेका छन् । प्रचण्डलाई विदेश सचिव एस जयशंकरले हैदरवाद हाउसमा भेटेपछि बिदेशमन्त्रीले भेटेकी हुन ।
एमाओवादी अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्ने बताइए पनि बिदेश मन्त्रालयद्धारा सार्वजनिक भ्रमण तालिकामा भने मोदीसँगको भेट कार्यक्रम राखिएको छैन ।
नेपालमा मस्यौदा संविधानमाथि जनताको रायसुझाव लिने क्रम चलिरहेकै बेला भारतीय सरकारको निमन्त्रणामा प्रचण्ड मंगलबार नयांदिल्ली पुगेका हुन् ।
बिदेश मन्त्रालयको भ्रमण तालिकामा बिहिबार कुनै भेटवार्ताको कार्यक्रम राखिएको छैन । शुक्रबार प्रचण्ड इन्टिच्युट अफ डिफेन्स स्टडिज एण्ड एनालिसिस ९आइडिएसए० ले आयोजना गरेको अन्तक्रियामा उनी मुख्य बक्ताका रुपमा सहभागी हुनेछन् । शुक्रबार सांझ ७ बजे प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति हाउसमा भेट्नेछन् । शनिवार र आइतवार पनि कुनै कार्यक्रम राखिएको छैन । प्रचण्ड सोमबार साझ ६ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
भारतीय प्रधानमन्त्री अति व्यस्त आन्तरिक कार्यक्रमका कारण उनीसंगको भेटलाई सुचीमा नराखिएको हो । तर प्रधानमन्त्री मोदीसंगको भेटवार्ताको कार्यक्रम मिलाउने प्रयास भइरहेको छ ।
सभासदहरुलाई निर्वाचन क्षेत्र जान निर्देशन दिइएको बेला शीर्ष नेताहरु भारत भ्रमणमा गएका प्रचण्डको स्वदेशमा आलोचना भैरहेको छ ।













