डा. बाबुराम भट्टराई
वरिष्ठ नेता, एकीकृत माओवादी
स्व. गिरीजा प्रसाद कोइरालाको छैटौं स्मृति(दिवसका सन्दर्भमा वहाँप्रति हार्दिक श्रद्धांजली अर्पण गर्दैगर्दा हामी १२-बुँदे समझदारी र विस्तृत शान्ति-सम्झौताका सहयात्रीहरुले ती सहमति र सम्झौताको मूल कार्यभार पूरा नहुँदै किन सहकार्यको बाटो छोड्यौं र देशलाई लामो संक्रमणकालमा धकेल्यौं भन्ने आत्मसमीक्षा गर्न जरुरी छ ।
माओवादी-संसदवादी शक्ति मिलेर मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र आएको हो र यी दुइ शक्ति नमिलेसम्म संविधानसभाबाट यी ऐतिहासिक उपलब्धी संस्थागत हुन सक्दैनन् भन्ने सहज ज्ञान गिरीजाबाबुका उत्तराधिकारीहरुमा भैदिए अहिलेको राजनीतिक गतिरोध छिटो अन्त्य हुन्थ्यो कि ?
हिजोका आन्दोलनकारी सहयात्रीहरू वीचको सहमतिमा संविधान सभाबाट छिटो संविधान निर्माण गर्नु र शान्तिप्रक्रियालाई टुङ्ग्याउनु नै वहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
(नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. गिरीजाप्रसाद कोइरालाको स्मृति दिवसमा भट्टराईले फेसवुकमार्फत व्यक्त गरेको विचार)













