काठमाडौ २ चैत । किसानहरुको हक अधिकारको सुनिश्चितताका लागि किसान आयोग गठनको माग गर्दे गत शुक्रवार दायर गरिएको रिट माथि आज सोमवार सर्वोच्च अदालतले अग्रधिकार सहित कारण देखाउ आदेश जारी गरेको छ ।
नेपाल कृषि पत्रकार प्रतिष्ठानको पहलकदमीमा अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमाथि आज पहिलो पेशीमै न्यायधिश जग्दिशर्मा पौडेललेको एकल इजलासले आज सोमवार यस्तो आदेश जारी गरेको हो । दायर रिटमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, कानून न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्रालय र व्यवस्थापिका संसद सचिवालयलाई अग्रधिकार सहित कारण देखाउ आदेश जारी गरिएको अक्तिवक्ता सुनिल रञ्जन सिंहले जानकारी दिनुभयो ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १५४ मा किसान आयोग सम्बन्धि कानून निर्माण गरी किसान आयोग गठन गर्नु पर्ने व्यवस्थालाई विपक्षीहरुले कुनै पनि कार्य अगाडी नबढाएपछि नेपाल कृषि प्रतिष्ठानको पहलदकमीमा अधिवक्त सुनिल रञ्जन सिंहले गत शुक्रवार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।स्रोत:कृषि टुडे













