९ मङ्सिर, रोल्पा। रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान समस्यामा परेका छन् । झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको सुन्तलाले उचित बजार नपाउँदा किसान निरास भएका हुन् ।
६ घन्टा पैदल यात्रा गर्नुपर्छ, दिनभरिको धुलो–धुवाँ खाँदै ग्राहकको प्रतीक्षा गर्दा मुस्किलले एक हजार रुपैयाँको सुन्तला बिक्री हुने गरेको स्थानीय व्व्यापारी बताउछन् ।
घरमा गाईवस्तुको स्याहार पनि आफैँ गर्ने तथा सुन्तलासमेत आफैँ सदरमुकामसम्म ल्याउनुपर्दा महिलालाई थप समस्या हुने गरेको धवाङ–९ भूमकै वीनमाली पुनले बताइन् । “पुरुषहरु डोको बोकेर बजार जान लाज मान्छन्, सुन्तला बेचेर आएको पैसा भने उनीहरुलाई नै दिनु पर्छ”, पुनले अगाडि थपिन् ।