१८ असार, काठमाडौं । गृहमन्त्री शक्ति वस्नेतलले ललितपुरको टौखेलमा भएको घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन् । टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलनजिकको पर्खाल भत्किएर शुक्रबार दुई विद्यार्थीको निधन भएकोप्रति दोषीलाई कारवाही गर्ने आश्वासन उनले दिएका हुन् ।
दोषीलाई कारवाही गर्नुपर्ने भन्दै अखिल क्रान्तिकारीले बुझाएको ज्ञापनपत्र बुझ्दै शनिबार गृहमन्त्री बस्नेतले घटनाको शूक्ष्म अध्ययन भइरहेको भन्दै कोही पनि दोषीले उन्मुक्ति नपाउने बताए । उहाले बिद्यालयको मापदण्ड पुरा भए नभएको प्रतिवेदन तयार भएपछि आगामी कदम चालिने समेत बताए ।
अखिल क्रान्तिकारीले मृतक बालबालिकाका परिवारलाई क्षतीपूर्ति , घाइते विद्यार्थीको उपचार तथा उच्च शिक्षासम्मको नि:शुल्क पढाइको व्यवस्था गर्न पनि माग गरेको छ ।













