१३ असार, काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवको घरभाडा विवाद सुल्झिने भएको छ । घरभाडा नपाएकोले आवास खाली गराइ पाऊँ भन्दै घरधनी हरिभक्त विष्टले अदालतमा मुद्दा दायर गरेका थिए । विष्टलाई दिनुपर्ने भाडाको रकम बराबरको चेक राष्ट्रपति कार्यालयले तयार भएछि विवाद सुल्झिने देखिएको हो ।
१२ लाख ३९ हजार रकमको चेक तयार भएको राष्ट्रपति कार्यालयले जनाए पनि अझै कागजी प्रक्रिया भने बाँकी नै रहेको छ । सम्झौताको कागजी प्रक्रिया पुगेपछि मात्रै विष्टले रकम पाउने छन् ।
धरधनी हरिभक्त विष्टले राष्ट्रपति कार्यालय शीतलनिवासबाट २०७२ कात्तिकदेखि २०७३ असार महिनासम्मको घरभाडा बुझ्न लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
घरभाडाका लागि कर कट्टीबाहेक रु १२ लाख ३९ हजार ४०० को चेक तयार भएको तर सम्झौताको प्रक्रियागत कार्य भने अझै पनि बाँकी भएको जनाइएको छ ।
घरभाडाका लागि कर कट्टीबाहेक रु १२ लाख ३९ हजार ४०० को चेक तयार भइसकेको तर सम्झौताको प्रक्रियागत कार्य बाँकी भएकाले घरधनी विष्टसँग सम्झौतामा हस्ताक्षर भएपछि रकम भुक्तानी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवप्रसाद अचार्यले जानकारी दिए ।













