७ असार, काठमाडौं । नयाँ बोटलिङ गरेर बजारमा आएको मदिरा रुस्लान भोड्का पनि नक्कली आउने थालेको प्रमाणित भएको छ । भोड्कालगायतका नाम चलेका मदिरा सक्कली बोतलमा नक्कली मदिरा भरेर विक्री गर्ने व्यक्तिलाई ललितपुर प्रहरीले पक्राऊ गरेपछि यस्तो खुलेको हो ।
सक्कली मदिराको बोत्तलमा नक्कली मदिरा बनाइ बेच्ने एक गिरोहलाई नै प्रहरीले पक्राउ गरेको छ।
सिग्नेचर, रोयल स्ट्याग र रुस्लान भोड्का नक्कली बनाइ बेच्ने ३ जनालाई पक्राउ गरिएको डिएसपी इश्वर कार्कीले जानकारी दिएका छन्।
गुणस्तरहिन मदिरा उत्पादनका साथै बजारमा बिक्री वितरण गर्ने मध्यपुर ठिमी नगरपालिका वडा नं ३ बस्ने वर्ष ३३ को दिनेश श्रेष्ठ, ललितपुर ८ पाटन सुन्धारा बस्ने वर्ष २८ को नरेन्द्र महर्जन र सिन्धुपाल्चोक चौतारा नगरपालिका वडा नं ९ सानो सिरुवारी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ९ टिकाथली वस्ने वर्ष २१ को रविन्द्र दुलाललाई पक्राउ गरिएको उनले बताए।
ठूलो परिमाणमा नक्कली शिल लगाएको गुणस्तरहीन रक्सी, बोतल तथा बिर्काहरु रक्सीको बिर्को प्याक गर्ने प्लाष्टिक बरामद गरिएको प्रहरीले जनाएको छ ।













